दुहबीः सुनसरीको दुहवी नगरपालिकामा एक जना पत्रकार सहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ७ गते सुनसरीको दुहबी नगरपालिकामा १०१ जनाको स्वाब सन्कलन गरिएकोमा दुहबीमा कार्यरत एक पत्रकारमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
दुहवी नगरपालिका वडा नं १ का १ पुरुष ४२ वर्षिय , वडा नं ४ का ३ पुरुष २४, २६, ४१ वर्षिय र २ महिला १८, ३८ वर्षिया, वडा नं ५ का १ पुरुष २० वर्षिय, वडा नं ६ का १ पुरुष ३० वर्षिय र २ महिला १४, ४० वर्षियामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसै गरी दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षिय प्रहरीमा पनि संक्रमण पुष्टि भएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताइन् । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले बताइन ।