इटहरीः इटहरी उपमहानगरपालिकामा प्रतिदिन कोरोना संक्रमितहरु थपिदै गएका छन् । त्यसमा पनि पछिल्लो समय १५ बर्ष भित्रका बालबालिकाहरुमा पनि संक्रमण पुष्टि हुँदै गएको छ । हिजो र आजको रिर्पोट अनुसार इटहरीमा ४ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । यसबाट इटहरी उपमहानगरपालिका क्षेत्रका बालबालिकाहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएकाले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बिषेश ध्यान राख्नु पर्ने अवस्था सृजना भएको इटहरी अस्पताल इमरजेन्सी शाखाका प्रमुख रामकुमार धमलाले बताए ।

बालबालिकाहरु स्वभावैले अलिक धेरै चनचले हुने, बाहिर फेर हिड्ने, एकै स्थानमा भेला भएर खेल्ने गर्नाले उनिहरुलाई थप जोखिम भएको उनको भनाई छ । धमललाले अभिभावकहरुले आ आफ्ना बालबालिकाहरुलाई घर बाहिर निस्कन नदिन बिषेश आग्रह गरेका छन् । समूह समूहमा भेला भई कुनै पनि प्रकारका गतिविधि गर्न नदिन आग्रह पनि गरेका छन् ।
आज ५ बर्षीय बालक सहित थप ९ जनामा कोरोना भएको पुष्टी भएको छ । धमलाका अनुसार संक्रमित हुनेहरुमा इटहरी ६ का ४६ वर्षीय १ जना पुरुष, इटहरी ९ का ५ वर्षीय बालका , ४४ वर्षिय पुरुष र ५५ वर्षिया महिला गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको ।
इटहरी १० का ३७ वर्षिय पुरुष , शसस्त्र प्रहरी वल पकलीका २८ र ३२ बर्षिय २ जना पुरुष र इलाका प्रहरी कार्यालय इटहरीका ३२ र ३६ वर्षिय थुनुवामा कोरोना संक्रमण पुष्टि भएको धमललाले बताए । र हाल सम्म ईटहरिमा कोभिड १९ सक्रमितको जम्मा संख्या ११० पुगेको छ। अवस्था थप जटिल हुँदै गएकाले उपमहानगरका सवैले उच्च सजगता अपनाउनु पर्ने धमलाले बताए । टेष्टको दायरा वढाए सगै केसको सख्या वृद्धि हुँदै गएको पनि उनले बताए । यो सख्या अझै तिव्र वढ्न सक्ने अवस्था रहेको उनले बताए ।