धरानः धरानमा कोरोना संक्रमण कारण हालसम्म ३ जनाको मृत्यु भएको छ । बुधबारसम्मको रेकर्ड अनुसार धरानमा कुल सङ्क्रमितको सङ्ख्या १२० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने तीनै जना धरान १५ निवासी रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
धरानमा कोरोना समुदायस्तरमै फैलिएको हो की होइन भन्ने बारेमा भने अहिले सम्म आधिकारिक जानकारी बाहिर आएको छैन । तर यो तथ्याङ्कले भने समुदायमा ६० जनामा कोरोना सङ्क्रमण भएको देखाएको छ । धरानमा समुदायमा कोरोना सङ्क्रमण नहोस् भनेर साउन २२ देखि धरान उपमहानगरपालिका आफैले लकडाउन घोषणा गरेको छ । बुधबार फेरि दोस्रो पटक धरानमा लकडाउन थपेर भदौ १७ गते सम्म पु¥याएको छ ।
धरान उपमहानगरपालिकाको २० वटा वडा मध्ये धरान १२, १४ र २० नम्बर वडामा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले अहिले साँझ निकालेको डाटा अनुसार सबै भन्दा धेरै धरान १८ मा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार धरान १५ मा १७ जना, धरान १६ मा १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । धरान १ मा ३ जना, धरान २ मा २ जना, धरान ३ मा ६ जना, धरान ४ मा १ जना, धरान ५ मा ३ जना, धरान ६ मा २ जना, धरान ७ मा २ जनामा कोरोा संक्रमण भएको छ । धरान ८ मा ८ जना, धरान ९ मा २ जना, धरान १० मा ६ जना, धरान ११ मा ८ जना, धरान १३ मा ८ जना, धरान १७ मा ९ जना र धरान १९ मा ५ जना सँगै ७४ जना पुरुष र ४६ जना महिला गरी जम्मा १ सय २० जना कोरोना संक्रमित पुगेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।
धरानमा कोरोना संक्रमित भएका मध्ये विदेशबाट आएका ३६ जना, धरानबासी समुदायका ६० जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका २४ जना रहेका छन् । अहिले धरानमा अस्पतालको आइसोलेसनमा २७ जना, होम आइसोलेसनमा ३६ जना छन् भने ५४ जना संक्रमित निको भईसकेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।
धरान १७ स्थित एन्फा क्वारेनटाइनमा १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार एन्फा क्वारेनटाइनमा बस्ने, होटेल र होम क्वारेनटाइनमा बस्ने, कनट्र्याक्ट ट्रेसिङ, नेपाली सेना, धरान मेडिकल टिम, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माईक्रोबायोलोजी विभागका केही विद्यार्थीहरू गरी २८ जना महिला र ७७ जना पुरुष गरी जम्मा १ सय ५ जनाको स्वाब सङ्कलन गरिएको हो ।