धरानः धरानमा दुई नेपाली सेनासहित ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धरान–१७ स्थित क्यारेन्टिनमा खटिएका ३४ र २७ वर्षीय पुरुष नेपाली सेनामा संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स, सर्जरी वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरी, धरान १७ का यस्तै कन्ट्र्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षण्मा थप ५ जनामा संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले जानकारी दिएका छन् । सेनासहित उनीहरुको गत भदौं ७ गते एन्फामा स्बास संकलन गरि परीक्षण गरिएको थियो ।

प्रतिष्ठानको हेल्पडेक्सबाट स्वाब संकलन गरिएको एक जना नर्स र एक जना स्वास्थ्यकर्मीको छोरीलाई पोजेटिभ देखिएको छ । प्रतिष्ठानको इमरजेन्सी वार्डमा कार्यरत २५ बर्षीया नर्स र सर्जरी युनिट १ को वार्डमा कार्यरत हेल्थ एडको १९ बर्षीया छोरीमा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार योसँगै धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३४ पुगेको छ ।