संखुवासभाः संखुवासभाको हिमालय किरण क्याम्पसको खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न दुई जनामा कोरोना संक्रमण देखिएको छ।

हिमालय क्याम्पसमा भएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो। आइसोलेसन तोडफोड गर्न ६० वर्षीय पुरुष ६२ वर्षीय पुरुषलाई कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रबक्ता रोशन श्रेष्ठले जानकारी दिए। प्रहरीले आइसोलेसन तोडफोड गरेको आरोपमा हिमालय किरण क्याम्पसका प्रमुखडा.मातृका तिम्सिना सहित ५ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो।
आइसोलेसन तोडफोड गरेको आरोपमाप्रहरी हिरासतमा रहेकादुई जनालाई कोरोना संक्रमण देखिएको जिल्लाप्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएस्पी नवराज मल्लले जानकारी दिए। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाव परिक्षणमा प्रहरी हिरासतमा रहेका अन्य दुई जनामा समेत कोरोना संक्रमण देखिएको प्रहरी प्रमुख डिएस्पी मल्लले बताए।

2020-08-27_Corona-Khop-China-02
जिल्ला प्रहरी कार्यालयका अन्य चार प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको उनले बताए। कोरोना संक्रमित राख्न हिमालय क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा प्रहरीले भदौ ६ गते हरी बुढाथोकी, पासाङ शेर्पा, बिकास थापा मगर र लाख बहादुर राई पक्राउ गरेको थियो।
प्रहरीले तिम्सिनालाई अपराधी उपद्रव गर्न नहुने मुद्धामा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । गत भदौ ४ गते राति भएको आइसोलेसनमा तोडफोडबाट करिब १५ लाख रुपैयाँ बराबरको सामाग्री हराएको जिल्ला अस्पताल खाँदबारीले जनाएको छ। आइसोलेसन सेन्टरमा राखिएका ७० पीपीई सेट, प्यासेन्टमनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री क्याम्पसमा बनाइएको आइसोलेसनबाटै हराएको अस्पताल प्रशासनले जनाएको छ।