इटहरीः इटहरीमा ११ महिनाकी बालिका सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी अस्पतालका अनुसार भदौ १० गते गरिएको स्वाब परीक्षणमा ११ महिने बालिका सहित थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा इटहरी २ का १ जना ४२ बर्षीय पुरुष, इटहरी ५ का १ जना ३४ बर्षीय पुरुष, इटहरी ६ का १ जना ४३ बर्षीया महिला, इटहरी ९ का २ जना ११ महिनाकी बालिका र २४ बर्षीय पुरुष, इटहरी २० का २ जना १० बर्षीया बालिका र २० बर्षीया महिला रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाले बताए छन । यो संगै हालसम्म इटहरीमा कोरोना संक्रमितको संख्या १ सय ३२ पुगेको छ ।