इटहरीः  कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

संक्रमणबाट मृत्यु हुनेहरुमा सुनसरी, बारा, महोत्तरी र काठमाडौंका १–१ जना महिला छन् । महोत्तरी र रुपन्देहीका २–२ तथा सुनसरी, मोरङ, रौतहटका, ललितपुर, भक्तपुर र नवलपरासीका १–१ जना गरी १० जना पुरुष रहेका छन् । २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या हालसम्मकै धेरै हो । आज थपिएका संक्रमितसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् ।