इटहरीः आज प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन । प्रदेश १ को १४ जिल्ला मध्ये सबैभन्दा धेरै सुनसरीमा कोरोना संक्रमित भेटिएका छन् । सुनसरीमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको पनि धरान उपमहानगरमा ६ महिला सहित १४ पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।
प्रदेश १ बाट सोमबार ५४ जना डिस्चार्ज भएका छन् । वी।जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।
प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।