इटहरीः प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाइ कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको परिक्षण रिर्पोटमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारका मन्त्रीलाइ नै कोरोना संक्रमण भएको पहिलो घटना हो ।
सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको काम समेत गर्दछ । प्रदेश भरीको स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवारी पाएकाले कोरोना संक्रमण फैलिएसंगै मन्त्री घिमिरेको प्रदेश बिभिन्न स्थानमा दौडधुप धेरैनै चरिरहेको थियो ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।शनिबार साझदेखि घिमिरे निवासमै रहेका छन् । मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको छ । धनकुटामा उनले २५ बेडको आइसोलेशनको शुभाराम्भ गरेका थिए ।
उनले सो अवसरमा धनकुटा अस्पताल र शिक्षण अस्पताल बनाउन प्रदेश सरकार समक्ष सिफारिस भएका ठाउँहरुको अनुगमन समेत गरेका थिए । अनुगमनमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , अस्पातलका जिम्मेवार अधिकारी लगाय अन्य क्षेत्रका सरोकारवालाहरु सहित निकै ठुलै भीडभाड थियो ।