अफ्रिकाः १३ सेप्टेम्बर २०२०अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटर आइतबार अफ्रिकामा रहेका नेपाली साहित्यकर्मी बिच भएको जुम बैठकले गठन गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्याप्टर अफ्रिकामा रहेका नेपाली साहित्य क्षेत्रमा क्रियाशिल नेपालीहरुको अनलाइन बैठकले गठन गरेको छ ।

समितिको अध्यक्षमा गणेश खडका (सेसेल्स ), उपाध्यक्षमा सुवास सापकोटा ( केन्या ), महासचिवमा दुर्गा बिनय ( मलावी ) सचिवमा वड मिसन ( कङ्गो ), कोषाध्यक्षमा पुरोषत्तम अधिकारी ( सेसेल्स ) र सदस्यहरुमा प्रदिप ध्वज बुढाथोकी (युगान्डा ) , रमेश राई ( मदागास्कार ) र अन्जु पौडेल (नाइजेरिया ) रहेका छन ।

अन्य देशहरु बाट सदस्यहरु पछि थप गरिने छ । समितिको सल्लाहकारमा हिक्मत थापा (नाइजेरिया ), कृष्ण दत्त भट्ट (केन्या ) र रमेश कंडेल (युगान्डा ) लाई समेत बैठकले चयन गरेको छ ।

बैठकमा शुभकामना दिनु हुँदै अनेसास अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रकाश पौडेल माइलाले अब अनेसास संसारका सबै महादेशमा पुगेको बताउनु हुँदै कार्यसमितिमा चयन हुनु भएका सम्पुर्ण साथीहरुलाई बधाई र शुभकामना दिएका थिए ।

अफ्रिकामा नेपाली साहित्यमा कलम चलाउनु हुने लेखकहरुलाई अनेसासको अन्तर्राष्ट्रिय संजालमा स्वागत गर्दै उहाले सबै मिली नेपाली भाषा र साहित्यलाई बिश्वब्यापी बनाउनु पर्ने अभियानमा आफुहरु रहेको बताए ।

त्यसैगरी गैरआवासीय नेपाली सङ्घ (भाषा ,साहित्य ,संस्कृती तथा सम्पदा प्रबद्र्धन समितिका अध्यक्ष हिक्मत थापाले अफ्रिकामा अनेसास स्थापना गर्ने पुरानो सपना आज यथार्थमा परिणत भएको छ भन्दै नेपाली भाषा साहित्यलाई अफ्रिकामा समेत बिस्तार र समृद्ध गर्न यसले थप योगदान दिनेछ भन्ने बिश्वास ब्यक्त गरे । इनेप्लिजबाट