धनकुटाः पूर्वको पर्यटकीय केन्द्र धनकुटाको भेडेटारका होटल व्यावसायी तथा पर्यटन व्यावसायी आफ्नो व्यवसाय संचालन गर्नका लागी हिजोदेखी आन्दोलित भएका छन ।

कोरोना भाईरसका कारण विगत ६ महिना देखीको निरन्तर वन्दका कारण व्यावसाय पूर्ण रुपमा धारासाही भएको भन्दै धनकुटाको पर्यटकीय स्थल भेडेटारका होटल व्यावसायीहरुले भेडेटार होटल एशोसिएशनको नेतृत्वमा व्यावसाय संचालन गर्न माग गर्दै हिजो धनकुटा जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय धनकुटा र सरोकारवाला सवैलाई ज्ञापन पत्र बुझाउदै आन्दोलित भएका हुन ।

धनकुटा जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठ र धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लाई होटल व्यावसाय तथा यातायत पूर्ण रुपमा संचालन गर्ने वातावरण बनाई दिन माग गर्दै भेडेटार होटल एशोशिसनका अध्यक्ष जितेन्द्र राई,महासचिव आशिष राई,सचिव तुमराज लिम्बु ,सदस्य डम्वर लाम्बिछानेले ज्ञापन पत्र बुझाएका हुन् ।

119418395_2653469938248806_5696111506551192239_n

सरकारले होटल संचालन गर्न अनुमति नदिएमा पनि आगामी अशोज १ देखी आफै सुरक्षा विधि अबलम्वन गरी आन्दोलन गर्दै होटल व्यावसाय पूर्ण रुपमा संचालन गर्ने भेडेटार होटल एशोसिएनका अध्यक्ष जितेन्द्र राईले वताए । ६ महिना अघि देखी निरन्तर होटल व्यावसाय पूर्ण रुपमा बन्द हुदा सवैभन्दा नराम्रोसंग होटल व्यावसाय प्रभावित भई चरम आर्थिक संकट भएकाले अव जसरी भए पनि व्यावसाय संचालन गर्न बाध्य भएकाले सरकारले व्यावसायीहरुलाई पनि बचाउन निश्चित मापदण्ड अपनाएर होटल व्यावसाय र यातायत संचालन गर्न अनुमति दिनु पर्नेमा जोड दिए ।

भेडेटार होटल एशोसिएनले पर्यटकीय स्थल भेडेटार,नाम्जे,नमस्ते झरना लगायतका क्षेत्रहरुमा पूर्ण रुपमा यातायत संचालन गर्न दिनु पर्ने र होटल पनि संचालन गर्न दिनु पर्ने माग गरेका छन ।

119170731_3265938363490713_3698251627418987024_n