धरानः धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार उपचारमा क्रममा २ः२०मा मृत्यु भएको हो ।

प्रतिषठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई ज्वरो , खोकी , श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा २९ गते रिपोर्ट पोजेटिभ आएको हो ।

सापकोटका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको र सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको थियो । यो सगै सुनसरीमा मृतकको संख्या ८ पुगेको छ भने धरानमा मात्रै मृतकको संख्या ७ पुगेको छ ।