कवि रोशन तिमिल्सिनाको कविता सङ्ग्रह सार्वजनिक

  • पुस २६, २०७८
  • २६४ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इटहरीः पोखराका कवि रोशन तिमिल्सिनाको नयाँ कविता कृति “चिरिएका पैताला“ सार्वजनिक भएको छ ।
सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाको आयोजनामा पोखरा स्थित हिमालयन रिडर्स कर्नरमा हालै सम्पन्न एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार सरूभक्तले सो कविता कृतिको विमोचन गरीएको थियो ।
सागरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाका अध्यक्ष तथा साहित्यकार शम्भु अर्यालको सभापतित्व तथा बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. भूमिराज बास्ताकोटीले कृतिको समीक्षा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै डा. बास्तकोटीले कविता लेखनमा साधना आवश्यक रहेको र सो कृति दुई खण्डमा बाँढिएको बताए । सङ्ग्रहभित्रका कविताहरुमा निकै सबल पक्ष रहे पनि कविताहरू पक्षधरता, प्रकृति र आध्यात्मिक विषय बस्तुमा लेखिएसँगै अझै केही सुधार्न सक्ने पाटोहरू रहेको वास्ताकोटिले बताए ।
कार्यक्रममा सङ्ग्रह प्रकाशकको तर्फबाट नरेन्द्र कुमार नगरकोटी, प्रमुख अतिथि सरुभक्त, विशेष अतिथि रमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सगरमाथा साहित्य प्रतिष्ठान, गण्डकी प्रदेश शाखाकी सदस्य तथा कवि टुकादेवी आचार्यले कार्यक्रमबारे प्रकाश पारेकि थिइन भने कार्यक्रमको सञ्चालन शाखाकी सचिव तथा कवि लिली अधिकारीले गरेकि थिइन ।
कलम प्रकाशनले बजारमा ल्याएको सो कविता सङ्ग्रहमा लामा छोटा गरि ५३ ओटा कविताहरू रहेका छन । कवि रोशन तिमिल्सिना सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाका सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved