इटहरीः सामान्य तथा ओवेदकको उच्च माग रहने लघुवित्तको भीडमा पुनः नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपिओ बजारमा आएको छ ।

कम्पनीको साधारण शेयर बुधबार फागुन ११ गतेबाट सर्वसाधारणमा बिक्रि खुल्ला भएको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । बिक्रि खुल्ला गरिएको शेयर मध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५५ सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०।५५ कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि सर्वसाधारणले बाँकी आवेदन दिन सक्नेछन् ।

नेष्डोको आइपिओमा लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन् बताइएको छ । उत्त समयसम्ममा आइपिओ बिक्रि नभएको खण्डमा भने फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कस्तो छ कम्पनी
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको घ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको कम्पनी हो । रजिष्टर्ड कार्यालय पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नं ६ मा रहेको नेष्ड्रो समृद्ध लघुवित्त २०७४ चैत्र २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।

२०७५ फागुन २१ गतेदेखि औपचारिक कारोबार सुरु गरेको कम्पनीका अहिले ५६ वटा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।

लघुवित्तको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ छ । जारी पुँजीमध्ये १७ करोड २१ लाख २५ हजार रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्रीमा आएको हो । जारी भएको आइपिओ बिक्रि भएपश्चात कम्पनीको चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २५ करोड ५० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक बर्षको अन्तसम्ममा २६ करोड २६ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी १०२ रुपैयाँ ९९ पैसा पुग्ने प्रक्षेपण रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० मा प्रतिसेयर आम्दानी १२३ रुपैयाँ ८१ पैसा र आव २०८०–८१ मा १३२ रुपैयाँ ८२ पैसा पुग्ने कम्पनीको अनुमान छ ।

कति कित्ता आवेदन दिने ?

पछिल्लो समय लघुवित्तको आइपीओमा लगानीकर्ताको आकर्षण अधिक रहने गरेको छ । बजारमा कम प्रवाह हुने भएकाले पनि लघुवित्तको शेयरमा आकर्षण बढेको हो । डिम्याट होल्डरहरुको संख्या बढेसँगै आईपिओ पर्ने चान्स पनि कम नै हुन्छ । तसर्थ यो कम्पनीको आईपिओमा पनि १० कित्ता भन्दा बढि आवेदन दिनु उचित हुदैन । दश कित्तालाई न्युनतम मानिएको भएता पनि सर्वसाधारणले धेरैमा २० र थोरैमा १० कित्ता शेयरको लागि आवेदन दिनु उचित देखिन्छ ।