इटहरीः सुनसरीको इटहरी उपमहानरपालिका वडा नम्बर ४ स्थित हलगडामा रहेको सामुदायिक अस्पतालले हाडाजोर्नीसम्बन्धी (अर्थोपेडिक्स) जटिल शल्यक्रिया सम्पन्न गरेको छ ।

लामो समयदेखि हातको हड्डी नचलेर पक्षघात (प्यारालाइसिस) को अवस्थामा पुगेका पाँचथरका बिरामीको सो अस्पतालमा सोमबार सफल शल्यक्रिया भएको हो । ४ महिनादेखि बाङ्गो भएको हातको हड्डीको नशा कडा भएर बसेको समस्याको सफल शल्यक्रिया गरिएको सामुदायिक अस्पताल इटहरीका हाडजोर्नी विशेषज्ञ (अर्थोपेडिक सर्जन) डाक्टर डिल्लिराज रिजालले बताए ।

sh2

‘४ महिना पुरानो समस्या भएकाले नशा अररिएर प्यारालाइसिस भयो भनेर आउनुभएको थियो । हामीले बाङ्गो भएको हड्डीलाई सोझो बनाएर जोड्यौँ, केही काट्नु परेन ।’ डा रिजालले प्रदेश पोर्टलसँग भने । सहकारीबाट सञ्चालित सो अस्पतालले सहज र सरल उपचार पद्धतिमार्फत् स्वास्थ्य सेवा प्रदान गरिरहेको बताएको छ । अस्पतालले अहिले २४ सै घण्टा आकस्मिक सेवासहित विशेषज्ञ डाक्टरको सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

sh1