इटहरीः जापानको कामिआमाकुसा शहरको एउटा विशाल पहरामा बुद्धको मूर्ति कुँदिदै छ । यस्तो विशाल मूर्ति निर्माणको नेतृत्व गर्दैछन् प्रदेश १ को मोरङको उर्लाबारीका मूर्तिकार मञ्जुल मितेरी ।

नेपालकै मूर्तिकारहरू सानुभाइ विश्वकर्मा, रामचन्द्र पण्डित, गणेश वान्तवा राई लगायतका मूर्तिकारहरू सो मूर्ति निर्माणमा सक्रिय छन् ।

सन् २०१६ को सेप्टेम्बरबाट शुरु भएको विशाल मूर्ति निर्माण अभियानमा दैनिक ८ घण्टाभन्दा बढी खट्दैछन् नेपाली मूर्तिकारहरू । ६० फिटको एउटा, ५० फिटका दुइटा र ३० फिटका ४ वटा बुद्धमूर्ति बनाउन बुद्धको जन्मदेश नेपालका कलाकारहरू खटिइरहेका छन् ।

यो मूर्ति संसारकै ठूलो बुद्ध मूर्ति हुने र विश्व सम्पदा सूचीमा पार्ने यसका प्रायोजक र जापानी सरकारको लक्ष्य रहेको मूर्ति निर्माणको नेतृत्वकर्ता मूर्तिकार मितेरीले बताए ।

जापानबाट प्रदेश पोर्टलसँग कुराकानी गर्दै मितेरीले भने, ‘यो विशाल मूर्ति परियोजना ५ वर्षभित्रमा सक्ने कुरा छ । अझ रोचक कुरा त यो सरकारी नभएर निजी व्यवसायी ओसिमा सिजुकीले निर्माण गरेको विशाल सांस्कृतिक तथा पर्यटकीय परियोजना हो ।’ आफूले विदेशमा गरेको यस्तो काम नेपालमा पनि गर्न चाहेको मूर्तिकार मितेरी बताउँछन् ।

buddha murti in japan  (2) buddha murti in japan  (4) buddha murti in japan  (3)