इटहरीः इटहरी उपमहानगरले अपाङ्गता भएका १२ जना साना ब्यवसायीलाई प्रोत्साहन स्वरूप अनुदान रकम उपलब्ध गराएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएकी हुन् । अपाङ्गता भएका साना ब्यवसायीलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइएको उपप्रमुख गौतमले बताइन् ।

अनुदान प्राप्त गर्नेमा उजुरु सरदार इटहरी ८, विष्णु मगर इटहरी–२, रेशमवती चौधरी इटहरी–१७ र गणेश पौडेल इटहरी–४ छन् । त्यस्तै, इटहरी २० का श्याम चौधरी, पारस नेपाली र सुवासचन्द्र राई छन् । त्यस्तै, इटहरी–६ की झुना क्षेत्री, इटहरी– १७ की यशोदा बिक तथा इटहरी–१ का हरिनारायण चौधरी, पूर्णबहादुर मगर र रणबहादुर खड्काले पनि अनुदान प्राप्त गरेका छन् ।

नेपाल चेलीबेटी अपाङ्ग महिला संङ्घको सिफारिशका आधारमा अनुदान वितरण गरिएको सामाजिक विकास अधिकृत माया राईले बताइन् ।

apangata bhaeka bhyaparilai sahayog  (3) apangata bhaeka bhyaparilai sahayog  (2)