सहकारीको भूमिका महत्वपूर्णः सांसद खतिवडा

  • आश्विन १४, २०७६
  • ३३७ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

उर्लाबारीः मोरङ क्षेत्र नं. १ का सङ्घीय सांसद घनश्याम खतिवडाले देशको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

उर्लाबारीमा आइतबार हाम्रो बचत तथा ऋण सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले सहकारीको विकाससँगै चुनौती पनि आउने गरेकाले समस्यालाई समाधान गर्न सुझाव समेत दिए । छरिएर रहेको पूँजीलाई एकीकृत गरी आर्थिक विकासमा लगानी गर्न सहकारीको भूमिका सह्रानीय रहेको उनको भनाइ थियो ।

त्यस्तै, मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले शेयर सदस्यले भत्ता लिने अनि साधारणसभामा नबस्ने प्रवृत्तिले संस्थाको विकास नहुनेतर्फ सचेत रहन आग्रह गरे । उनले सहकारी गरीब तथा विपन्न समुदायको घरघरमा पुग्नुपर्नेमा जोड दिए । कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारी, सल्लाहकार गंगाप्रसाद बास्तोला, महिला उत्थान साकोसकी अध्यक्ष सर्सू गुरुङलगायतले बोलेका थिए ।

संस्थाका अध्यक्ष ढकबहादुर थापाको सभापतित्वमा भएको उक्त साधारणसभाको सञ्चालन सचिव रामकुमार बुढाथोकीले गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष इन्दिरा राईले गरेकी थिइन् भने सोही अवसरमा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, उत्कृष्ट कर्मचारीलगायतलाई पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सामाजिक सुरक्षाको भरपर्दो व्यवस्थाः घरघरमा रकम बाँड्दै स्थानीय सरकार

इटहरीः तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत ...

सामाजिक सुरक्षाको भरपर्दो व्यवस्थाः घरघरमा रकम बाँड्दै स्थानीय सरकार

इटहरीः तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बापत ...

कोरोना संक्रमितको निशुल्क उपचार गर्नुपर्ने डा.केसीको माग

इटहरीः चिकित्सा शिक्षा सुधारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका चिकित्सक डा.गोविन्द केसीले द ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved