संखुवासभा: संखुवासभाको चिचिला गाउँपालिकाको एक घरमा आगलागी हुदाँ करिब २० लाख बराबरको क्षति भएको छ । चिचिला गाउँपालिका स्थित वडा नम्बर ४ मा पर्ने कर्ण कुमार गुरुङको घरमा आगलागी भएको हो।

घरमा कोही नभएको समयमा शुक्रबार दिउँसो १ः३० बजे तिर आगलागी भएको पिडित गुरुङले जानकारी दिए । आगलागीमा परी घर भित्र रहेको अन्नपात, लत्ताकपडा सहित काठ र माटोले बनेको तिन तले घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । पीडित गुरुङका अनुसार आगलागी के कारणले भयो भन्ने थाहा नभएको तर खाना पकाउने चुल्होमाथि राखिएको डोको झरेर आगो सल्किएको हुन सक्ने अनमान गरिएको छ ।

sankhuwasava aaglagi 2

यता गाउँपालिकाले विषम् परिस्थीतीमा आगलागी हुनु अत्यान्तै दुखद् भएको भन्दै पिडितलाई पालिका बाट हुन सक्ने सहयोग गर्न तयार रहेको चिचिला गाउँपालिका आन्तरिक लेखापरीक्षक उज्वल अनुपम बस्नेतले बताए । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणा लिएको थियो ।

sankhuwasava aaglagi 3