एकै परिवारका १४ जनामा कोरोना देखिएपछि मोरङको रंगेली नगरपालिका अनिश्चितकालका लागि शिल

  • श्रावण २०, २०७७
  • २२० पटक पढिएको
  • प्रदेश पोर्टल
alt

मोरङको रंगेली नगरपालिका अनिश्चितकालका लागि सिल गरिएको छ।

एकै परिवारका १४ जनासहित नगरपालिकाभित्र २२ जनामा कोरोना पुष्टि भएपछि सोमबार राति १२ बजेदेखि नगर क्षेत्र अनिश्चित कालका लागि सिल गरिएको नगरपालिकाकाले जनाएको छ ।

एकै परिवारका १४ बाहेक नेपाल विद्युत प्राधिकरण रंगेली शाखाका ५ र अस्पतालका ३ कर्मचारीसमेत २२ जनामा सोमबार कोरोना पुष्टि भएको थियो । रंगेली बजारको पूर्वमा मधुवनी चोक र पिपल चोकदेखि सुनवर्षी नगरपालिकाको सीमाना, पश्चिममा चिस्याङ खोला, उत्तरमा निचामारी बक्राहा खोला पुल र दक्षिणमा भन्सार गेटसम्म पर्ने वडा नम्बर ६, ७ र ८ को एरिया सोमबार राति १२ देखि अर्को सूचना प्रकाशित नहुन्जेल शिल गरिएको नगरपालिकाले एक सुचना प्रकाशित गरी जनाएको छ ।

१४ जना संक्रमित भेटिएको परिवारमा एक महिला भारतबाट आएको र उनकै कारण संक्रमण फैलिएको् हुनसक्ने अनुमान गरिएको छ । बुबा बिरामी परेपछि ती युवती भेट्नका लागि दिल्लीबाट नेपाल आएकी थिइन्।

पछि ती बृद्धको मृत्यु भएको र उनको अन्तिम संस्कारमा सहभागी भएका परिवारका सदस्य र केही गाउँलेमा पनि कोरोना देखिएको जनाइएको छ ।

रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले संक्रमितको सम्पर्कमा आएका झन्डै २ सय जनाको स्वाब परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।तत्काल रैगेलीका स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिएको छ ।

यस्तै स्वास्थ्यसँग सम्बन्धित सेवाहरु बाहेक नगरपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवाहरु समेत मंगलबारदेखि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ । रंगेली बजारका एकै परिवारको १४ जनामा संक्रमण देखिएको संक्रमणको स्रोत पहिचान हुन नसकेको बताइएको छ ।

rangeli press note

प्रतिक्रिया दिनुहोस

प्रतिबन्धित नेकपाका कम्पनी कमिसारसहित दुई जना मिक्लाजुङबाट पक्राउ

इटहरीः मोरङको मिक्लाजुङ गाउँपालिका १घुर्मिसेबाट हिजो बुधबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रत ...

असारको अन्त्यसम्म देशका सबै गरिबले परिचयपत्र पाउने

इटहरीः सरकारले आगामी वर्षको असार मसान्त सम्ममा देशभरका गरिब परिवारको पहिचान गरी परिचयपत्र प्रदान गर् ...

मृत्युदण्डको बहसःआवश्यकता कि बाध्यता ?

काठमाडौँः बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा बहस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved