इटहरीः बी इ योङ व्यूटी एकेडेमि इटहरीको आयोजनामा भएको तीज सुपर क्वीन फोटो प्रतियोगिता २०७७ का विजेताहरुको नाम सार्वजनिक गरेको छ ।
भव्य कार्यक्रम गरेर विजेताहरुलाई सार्वजनिक गर्ने योजना भएपनि कोरोना संक्रमणको महामारीका कारण फेसबुक पेंजमार्फत विजेताहरुको नाम सार्वजनिक गरिएको आयोजक बीइ योङ व्यूटी एकेडेमि इटहरीकी सिइओ सृजना केसीले बताइन् ।
उनका अनुसार प्रतियोगितामा धरान निवासी रोसनी गुरुङ विजेता भनेकी छन् । फष्ट रनरअप  विर्तामोड निवासी सरु प्रसाई र सेकेण्ड रनरअप धरान निवासी नियती पराजुली घोषीत भएका छन् ।
त्यसैगरि वेष्ट स्माइलको उपाधि दमककी विनु बुढाथोकी, मोष्ट कन्फिडेन्ट लुक्सको उपाधि समिक्षा बुढाथोकी, वेष्ट डे«समा दमककी पुजा शर्मा, वेष्ट ज्वइलरीको उपाधि इटहरीकी रमला तामाङ, वेष्ट प्रमिसिङको उपाधि धरान निवासी ५२ बर्षीया सीता मगरले प्राप्त गरेकी छन् ।

117983527_308857293520482_2554063014863562068_n
फेसबुक पेंज मार्फत फोटो लाइक, कमेन्ट र एसएमएस भोटिङका साथै अनुभवी निर्णायकहरुबाट विजेताहरु छनौट गरिएको इभेन्ट डाइरेक्टर कला केसीले बताइन् । आयोजकले महिलाहरुको महानपर्व तीजको अवसर पारेर आफ्नो प्रतिभाय बाहिर ल्याउनका लागि महिला दिदि बहिनीहरुलाइ लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा साउन २१ गते सहभागीहरुको फोटो एकेमेडीको फेसबुक पेंजमा अपलोड गरिएको थियो । भाद्र २ गतेसम्म भोटिङको समय राखिएको थियो । सो प्रतियोगिताको इभेन्ट को अडिनेटर निश्चल पलिखेले निर्वाह गरेका थिए । प्रतियोगितामा देश विदेशबाट १ सय ११ जना महिला दिदि बहिनीहरु सहभागी भएका थिए ।

117988020_647067945947695_6508764294280238590_n