इटहरीः होटलमा लगानी गरेको ठूलो पुँजी जोखिममा पर्नुका साथै हजरौं वेरोजगार भएकाले दुई चरणमा होटल खोलि संचालन गर्न पाउनु पर्ने माग राख्दै होटेल व्यवसायी संघ इटहरीले सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित विभिन्न निकायमा हिजो ज्ञापन पत्र बुझाएका छन् । 

संघले चिया , नास्ता बिक्री गर्ने जस्ता साना होटलहरुलाइ भदौ २५ गते र ठूला खालका होटलहरुलाइ असोज १ गतेबाट संचालन गर्ने योजना बनाएको जानकारी सहित सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोख्रेललाइ ज्ञापन पत्र बुझाएको होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए । 
हिजो उनले संघका तर्फबाट बुझाएको ज्ञापन पत्रमा पहिलो चरणमा सानो लगानीका चिया पसल, खाजा घर तथा रेस्टुरेन्ट खोल्ने र दोस्रो चरणमा ठुला होटेल तथा लज सञ्चालनको तयारी रहेको सङ्घले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
विगत ६ महिना देखी जारी लकडाउनको कारण करोडौँको लगानी र हजारौँ व्यवसायी तथा कर्मचारीहरू मारमा परेका र उनीहरूमा आश्रित परिवारको अवस्था दिनानुदिन भयावह हुँदै गएकोले अब होटेल खोल्नुको विकल्प नरहेको सङ्घले बुझाएको ज्ञापन पत्र भनिएको छ । अबका दिनमा पनि होटेल सञ्चालनमा रोक लगाएमा आउने दिनमा झनै भयावहको स्थिति सामना गर्नुपर्ने अवस्था सृजना हुने होटेल व्यवसायी सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुली र महासचिव उमेश दाहालले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

118729628_793558894724593_7933504670365589205_n
सामाजिक दुरी कायम राखि कोरोना संक्रमणबाट जोगिनका लागि आवश्यक मापदण्ड पुरा गर्न होटल व्यवसायीहरु तयार रहेकाले संचालनको वातावरण सृजनाका लागि आवश्यक समन्वय गरिदिन सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएको अध्यक्ष पराजुलीले बताए । 
उनका अनुसार ज्ञापनपत्र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, सुनसरी प्रहरी प्रमुख कमल थापा, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल, होटल व्यवसाय संघ प्रदेश नम्बर १ का अध्यक्ष मणिन्द्र कट्वाल लगायत बोदार्थ दिइएको छ । 
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खुलेका ठुला लगानीका होटेलहरू धराशायी भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । बैङ्कको व्याज र घर भाडा तिर्न नसकेर अप्रिय घटना हुनसक्ने र पलायन समेत हुनसक्ने अवस्थालाई मध्यनजर गरि सुरक्षा उपाय अपनाएर होटेल खोल्ने अनुमति दिन आग्रह ज्ञापन मार्फत गरिएको छ । संघले बैङ्कको व्याज र घर भाडा छुटको व्यस्था मिलाउन आवश्यक पहल गर्न र किस्तामा बिषेश सहुलियत प्रदान गर्नका लागि पनि नेपाल सरकारसंग समन्वय गरिदिन प्रमुख जिल्ला अधिकारीलाइ बिषेश आग्रह समेत गरेको छ ।

118768661_793559011391248_3741693352593860939_n 118810710_793559051391244_6859952736423874252_n 118850778_793559201391229_6608808160700855329_n