इटहरी / इलामका सूर्योदय नगरपालिकामा कोभिड–१९ व्यवस्थापनका लागि ७५ लाख ६६ हजार ७ सय ८ रुपैया खर्च भएको छ भने माई नगरपालिकाको ४८ लाख ५० हजार खर्च भएको छ । त्यसैगरी करफोक र कन्याम क्वारेन्टाइनमा ११ लाख ८९ हजार ७ सय ४२ रुपैया खर्च भएको छ ।

सूर्योदय नगरपालिका र माईनगरपालिकामा कोरोना संक्रमण नियन्त्रणका लागि एक करोड दुईलाख १६ हजार सातसय आठ रुपैया खर्च भएको छ । नगरपालिकाको कोभिढ कोषमा ८७ लाख ९ हजार २७ रुपैया जम्मा भएकोमा कोषका लागि संघीय सरकारबाट १० लाख, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट ५ लाख, आन्तरिक मामिला मन्त्रालयबाट २० लाख, जिल्ला प्रशासन कार्यालयबाट ७ लाख र नगरपालिकाको १० लाख, पदाधिकारीहरुबाट ७ लाख ७ सय १०, युके समाजबाट २ लाख ४५ हजार ५ सय ९०, नेकपा सूर्योदय कमिटिबाट २ लाख १ हजार, वडा नं १४ बाट १ लाख ४० हजार र अन्य दाताहरुबाट १६ लाख ८७ हजार २९ रुपैया आम्दानी भएको आन्तरिक लेखा परिक्षण अधिकृत प्रदिप चापागाईले बताए ।

सूर्योदय नगरपालिकामा पशुपतीनगर नाका प्रवेश गर्नेलाई सम्बन्धित क्षेत्रसम्म पु¥याउन, होल्डिङ सेन्टरबाट क्वारेन्टाइनसम्म ल्याउन, संक्रमितलाई आइसोलेसनसम्म पु¥याउनका लागि यातायातमा ५ लाख ३१ हजार ८ सय ७० रुपैया खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा १५ लाख ५८ हजार ६ सय ८५ रुपैया, स्वास्थ्य सामाग्री खरिद १२ लाख ८३ हजार ९ सय ९९, राहत वितरण २५ लाख २३ हजार ४ सय ३४ रुपैया र क्वारेन्टाइनमा खाना र खाजाको लागि १६ लाख ६८ हजार ७ सय २० रुपैया रहेको छ । नगरले क्वारेन्टाइनमा बस्नेहरुको लागि दैनिक ३८० रुपैयाको दरले खर्च भएको जनाएको छ ।

प्रचार–प्रसार, मास्क वितरणमा १ लाख ५० हजार खर्चभएको लेखा अधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए । विपद् व्यवस्थापन कोषको ५० लाख र प्रदेशबाट प्राप्त १० लाख खर्च गरेको छ । समस्यामा परेका २३ सय घरपरिवारलाई २५ लाख बराबरको राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।