इटहरीः कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा हिजो मंगलबारसम्म ६८ लाखभन्दा बढी व्यक्ति कोरोना संकमित भएकोमा दुई लाखभन्दा बढीको ज्यान गएको छ । गत मार्चमा मृतक संख्या दुई लाखका बीच रहे कोरोनाविरुद्द देशले राम्रो काम गरेको ठहर्ने बताएकोमा मृतकको संख्या दुई लाखभन्दा बढी देखिएपछि कोरोना विरुद्दको लडाइमा अमेरिकाको प्रयास अपर्याप्त भएको देखिएको छ । संक्रमणबाट दुई लाख ४० हजार मानिसको ज्यान जाने कोरोनाविरुद्द लड्न अमेरिकाले गठन गरेको टास्क फोर्सका प्रमुख डा.एन्थोनी फाउचीको भनाइ थियो । मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्ने सवालमा लापरबाही गरे ठूलो संख्यामा मानवीय क्षति हुने विज्ञहरुको चेतावनि रहेको थियो । गत जनवरीमा संक्रमण सुरु भएको अमेरिकामा यस वर्षको अन्त्यसम्म मृृतकको संख्या तीन लाख ७८ हजार पुग्ने वासिङ्टन युनिभर्सिटी अन्तरगतको स्वास्थ्य प्रतिष्ठानले प्रक्षेपण गरेको छ । एजेन्सी