इटहरी / धरान उपमहानगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार नगरपालिकाका योजना शाखाका एक इञ्जिनियरलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएसगै उनलाई विपी प्रतिष्ठानको कोभिड १९ उपचार केन्द« पुर्याइएको छ ।

स्वास्थ्य शाखा प्रमुख मेहताका अनुसार इञ्जिनियरको सम्पर्कमा आएका एक जना साथिमा संक्रमण देखिए पछि उनले आफै स्वाब परीक्षण गराएका थिए ।

संक्रमित इञ्जिनियरको कोठामा सँगै बस्ने गरेका २ जनालाई होटल क्वारेन्टिनमा पठाइसकिएको मेहताले जानकारी दिए ।