इटहरीः सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले कोरोना संक्रमणमा कमी आएपछि सरकारले आन्तरिक पर्यटन प्रवर्दनको प्याकेज घोषणा गर्ने बताएका छन् ।

उनका अनुसार संगठित क्षेत्रका मानिसलाई भ्रमणमा सहभागी गराई आन्तरिक पर्यटनलाई सुदृढ बनाउने सरकारको योजना छ । काटमांडौमा आज आयोजित एक कार्यक्रमका बीच मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई गति दिन आन्तरिक पर्यटकको महत्वपूर्ण योगदान हुने बताए ।

सबैको सहयोग प्राप्त भए अन्य देशमा जस्तै नेपालमा पनि आगामी दुई वर्षमा आन्तरिक पर्यटनलाई विशेष महत्वका साथ प्रवर्दन गरिने उनले बताए । हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन प्रवर्दनमा टेवा पुग्ने मन्त्री भट्टराईको भनाइ छ । पर्यटन प्रवर्दनका लागि विशेष योजनाका साथ बिदाको व्यवस्थाका लागि विभिन्न मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।