खोटाङः खोटाङ जिल्लाको मनमायाँ राई खानीडाँडा विमानस्थलमा झण्डै ६ महिनापछि उडान सुचारु भएको छ ।
कोरोना भाईरस कोभिड–१९ का कारणले अवरुद्ध भएको विमानस्थल शनिबारबाट नेपाल वायु सेवा निगमको जहाजले उडान भरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्ने विमानस्थलमा हप्ताको दुई दिन शनिबार र बुधबार उडान हुने नेपाल वायु सेवा निगम खानीडाँडा स्टेशन इन्चार्ज नरेन्द्र राईले बताए ।
कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको क्रममा गत चैत्र ११ गते देखि लकडाउन सुरु भएसँगै खानीडाँडा विमानस्थलमा उडान बन्द भएको थियोे ।
खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाको व्यपारीक केन्द्र दिक्तेल बजारबाट सबैभन्दा नजिक पर्ने भएकाले खानीडाँडा विमानस्थल बढी प्रयोग हुने गरेको छ ।

Yeti_Airlines_Twin_Otter
यस्तै गरि वायु सेवा निगमले खोटेहाङ गाउँपालिका–४मा पर्ने थामखर्क विमानस्थलमा पनि आगामी बुधबारदेखि नियमित उडान भर्ने तालिका सार्वजनिक गरिएको छ । जिल्लाकै पुरानो लामीडाँडा विमानस्थलमा उडानका लागि निगमले उडान तालिका सार्वजनिक नगरेको लामिडाँडा बिमानस्थलका स्टेशन इन्चार्ज सरोज कुमार सिंहले बताए ।
सिंहका अनुसार कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणको लागि गत चैत्र ११ गते देखि लकडाउन सुरु भएसँगै लामिडाँडा विमानस्थलमा उडान बन्द गरिएको सिंहले बताए ।
लामिडाँडा बिमान स्थल जिल्लाको सदरमुकाम भन्दा निकै टाढा भएकाले खानीडाँडा बिमानस्थलमा पहिला बन्द हुनु भन्दा अगाडी हप्तामा ३ दिन र थामखर्क बिमान स्थलमा २ दिन उडान हुदाँ लामीडाँडामा हप्ताको बुधबार मात्र उडान हुने अबस्थामा आईपुगेको थियो ।
काठमाण्डौं र बिराटनगरसँग खोटाङबाट सडक सञ्जाल जोडिएपछि लामीडाँडा बिमानस्थलबाट उडानकम हुँदै गएको सिंहले बताए । लामिडाँडा बिमानस्थलबाट यात्रुले कम यात्रा गर्ने भएकाले निगमले उडान तालिका सार्वजनिक नगरेको सिंहको भनाईरहेको छ ।

636855033777057646