धरानः विश्व पर्यटन दिवसलाई सम्झदै धरान उपमहानगरले बेलुन सहित नेपाल पर्यटन वर्ष २०२० को झण्डा उडाएको छ । उडाईएको हो । सेछ ट्राभलिङ्गको सहयोगमा धरान उपमहानगरले बेलुन उडाएको हो । आईतवार धरान उपमहानगरपालिकाको प्रगणबाट नगर प्रमूख तिलक राई र उप प्रमूख मञ्जु भण्डारीले उक्त झण्डा उडाएका थिए ।
नगरप्रमूख राईले धरानलाई पर्यटकीय नगरको रुपमा स्थापित गर्न पर्यटन विकास समिति मार्फत विभिन्न कार्यक्रमहरु संचलन गरिरहेको वताए । उनले कोभिड १९ कोरोना संक्रमणका कारण यस अवसरमा कुनै पनि कार्यक्रम गर्न नसकिएको जानकारी गराए ।
सानो भएपनि कार्यक्रम आयोजना गरेकोमा सेछ ट्राभलिङ्गलाई राईले धन्यवादन ज्ञापन गरे । पर्यटन दिवस आफुहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाउदै आएको जानकारी गराउदै कोभिडको कारण अरु केही गर्न नसकिए पनि विश्व पर्यटन दिवसलाई सम्झन सानो छोटो कार्यक्रमको आयोजना गरिएको पर्यटन कर्मी बासुदेव वरालले जानकारी गराए ।
सेछ ट्राभलिङ्गकी प्रवन्ध निर्देशक एलिना मगरले पर्यटन दिवशको शुभकामना सहित उपस्थित मेयर, उपमेयर र मिडियाकर्मी लगायतलाई धन्यवाद ज्ञापन गरेका थिए ।
पर्यटन दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपालको हिमालहरु आरोहण गनर्, प्राकृतिक, धार्मिक अन्य विभिन्न कुराहरु अवलोकन गर्न लाखै पर्यटकहरु अउने गर्दथे । तर यस वर्ष कोभिड १९ का कारण पर्यटन व्यवसाय नै शुन्यको अवस्थामा पुगेको छ । सवैका लागि पर्यटनः पहुचयोग्य विश्वब्यापी पर्यटनको प्रवर्धन भन्ने यस वर्षको विश्व पर्यटन दिवसको नारा रहेको छ ।