इटहरी :कोरोना भाइरसको कारण सरकारले जारी गरेको लकडाउन खुलेपछि काम सुचारु र्गने भनिएको इटहरी बिराटनगर मोनोरेल सञ्चालनका काम हाल सम्म सुचारु नहुदा योजना नै अन्यौलमा परेको छ । सरकारले गत साउन ६ गते लकडाउन अन्त्यको घोषणा गरेपनि ६ लेन सडक बिस्तार संगै चर्चा चलेको मोनोरेल सञ्चालनको योजना त्यतिकै ओझेलमा परेको हो । सम्बन्धित निकाय र सरोकारवालाहरुले चासो नदेखाउदा इटहरी बिराटनगर मोनोरेल सञ्चालनको काम त्यतीकै रोकीएको छ ।

डिपिआरको काम सकेर इटहरी उपमहानगर लगायत सम्बन्धित निकायहरूको अनुमति समेत पाइसकेको मोनोरेलको काम लक डाउन भएसंगै ओझेलमा परेको थीयो । बिराट मोनोरेल इन्टरनेशनलले नेपालमै पहिलो पटक प्रदेश १ मा मोनोरेल कुदाउने तयारी थालेको थियो । रेल सञ्चालनको लागि रू ३० अर्ब बजेट समेत बिनियोजन गरी कामलाइ सुचारु गरिरहेकै अवस्थामा कोरोना कहर भित्रीएपछि सबै कामहरु रोकएिका थीए ।

लकडाउन खुल्न साथ बाकी रहेका कामहरु पुनःसुचारु गर्ने भनिएपनि सम्बन्धित निकायहरुले यस बिषयमा कुनै चासो नदेखाइदिदा अरबौको योजना अलपत्र परेको छ ।

 ७० प्रतिशत विदेशी लगानी र ३० प्रतिशत स्वदेशी लगानीमा विराटनगर दुहबी इटहरी हुदै मनोरेल चल्ने भनिएको मोनोरेल सञ्चालनमा आए प्रदेश एक आन्तरीक तथा बाहय पर्यटकहरूको गन्तव्य केन्द्र बनिने साथै पर्यटन ब्यवसायमा टेवा पुग्ने प्रस्ट देखिन्छ । यता बिराट मोनोरेल इन्टरनेसनल प्रा लिका प्रबन्धक निर्देशक रञ्जित झा संग सम्पर्क गर्दा उनले लकडाउन खुलेपनि अन्तराष्ट्रिय बजारहरु नखुलेको कारण आवस्यकीय सामग्रीहरु अभाव भएकोले रेलको काम सुचारु हुन नसकेको बताए ।

साथै मज्दुरहरु अधिकांस घर गएको कारण पनि मोनोरेलको काम त्यतिकै रोकिएको बताए ।सर्भे अनुमति पाइसकेकोले अध्यन तथा अनुसन्धान भने जारी रहेको उनले बताए ।

  मोनोरेल सञ्चालनको लागि विराटनगर महानगरपालिका, बुढीगंगा नगरपालिका, दुहबी नगरपालिका र इटहरी उप महानगरपालिकाले सहमति दिईसकेको छ । रेल सञ्चालनमा ल्याउने विषयको काम अघी बढेपनि स्टेसन कतिवटा र कहाँ कहाँ राखिने भन्ने बारेमा छलफल हुन बाकि रहेको प्रालीका प्रबन्ध निर्देशक झाको भनाइ छ । प्रदेश एकको विराटनगर, दुहवी इटहरी हुदै तरहरा सम्म यात्रुहरु बोक्ने मोनोरल सञ्चालन भएमा १० देखि १५ मिनेट भित्रै तरहरा देखि जोगबनी पुगिने छ ।