इटहरीः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प कोरोना संक्रमित बन्न पुगेका छन् ।

trump2

उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी आफूलाई कोरोना संक्रमण भएको तथ्य सार्वजनिक गरेका हुन् । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा ट्रम्प पनि ट्रेसिङमा परेपछि पीसीआर परीक्षण गर्दा उनी संक्रमित देखिएका हुन् । संक्रमण पुष्टि भएपछि ट्रम्प प्रथम महिला मेलानीसँगै आइसोलेसनमा गएका छन् ।

मेलानीमा पनि संक्रमण देखिएको छ । ट्रम्प दम्पतिलाई ट्रम्पकी कोरोना संक्रमित सहयोगी होप हिक्सबाट संक्रमण भएको हो । ट्रम्पले चुनावी प्रचारप्रसार तथा बहसका क्रममा हिक्ससँगै एयर फोर्स वनबाट ओहायोको यात्रा गरेका थिए । (एजेन्सी)