इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर २० निवासी दिल बहादुर कटुवाल र उहाँकी श्रीमती निर्मला कटुवाल गुर्जोको भारी बोकेर विहानै कोशी राजमार्गगको धरान–इटहरी सडक खण्डमा पर्ने पानीपियामा आइपुग्छन् । पहिला त्यही ठाउँमा श्रीमान श्रीमती मिलेर ठेला पसल सञ्चालन गर्दै आउनुभएका उनिहरुले बजारमा गुर्जोको महत्व र माग बढ्न थालेपछि त्यसको व्यापार थालेका हुन् । औषधीय गुणले युक्त गुर्जोले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध पनि काम गर्ने भएकाले यसको महत्व र माग बढेको कटुवाल दमपत्तीको बुझाइ छ । जगंलमा लहराका रुपमा पाईने गुर्जोले रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटि पावर) बढाउने भएकाले खरिद गर्नेको पनि पानीपीयामा भिड लाग्ने गरेको छ ।

गुर्जोकै कारोबारबाट विहान बेलुकाको छाक टार्न सहज भएको कटुवाल दम्पत्तीको भनाइ छ । ‘हामी पहिल यहिँ ठेलामा पसल गथ्र्यौँ । कोरोनाको जोखिम बढेका लकडाउन भयो र हाम्रो पसल पनि बन्द भयो । त्यसपछि एका एक गुर्जोको महत्व बढ्न थाल्यो र हामीले गुर्जो बच्न थाल्यौँ’, श्रीमान दिल बहादुरले दिए । गुर्जोका व्यापार बढेको र रोजिरोटि पनि चलेको कटुवाल दम्पत्तीले बताए । ‘हामीले दिनमा १५ सयदेखि २ हजारसम्मको गुर्जो बेच्छौँ । यसले हाम्रो विहान बेलुकाको खाना पाकेको छ । धेरै त होइन जे होस हाम्रो परिवार गुर्जोले चलाको छ भन्दा फरक पर्दैन्’, श्रीमती निर्मालाले बताइन् ।

gurjo 1

 उहाँहरु जस्तै गुर्जोको व्यापार गर्न पानीपीयमा विहानैबाट सयौँको संख्यामा स्थानीयको लाम लाग्छ । गुर्जोले धेरैको रोजिरोटि धानेको छ । कटुवाल दम्पत्ती जस्तै इटहरी उमहानगरपालिका २ भुल्केका कमल परियार पनि गुर्जो लिएर सडकको किनारमा बस्छन् । उमेरले भर्खर १३ वर्ष लाग्नु भएका उहाँ काकाले ल्याइदिएको गुर्जो बोकेर सडक किनारमा बस्छन् । उनले दैनिक ४ हजारसम्मको गुर्जो विक्रि हुने र ५/६ सयसम्मको नाफा आउने जनाकारी दिए ।

‘म त बेच्ने मात्र हो । यो (गुर्जो)भित्र जंगलमा मात्र पाइन्छ त्यहाँबाट अंकले ल्याइदिनु हुन्छ र म यहाँ ल्याएर बेच्छु । मान्छेहरुले कोरोनाको औषधी, दम, ग्याष्ट्रिक र सुगरको औषधी हुन्छ भन्दै लग्नु हुन्छ । म एउटा मुठाको एक सय लिन्छ । एक दिनमा ४० मुठा जति बिक्रि हुन्छ । मैले एक दिनमा ५/६ सय कमाउँछु । यसले मलाई र अंकललाई पनि जुजार गर्न सहज बनाएको छ’, उनले भने । साथै उनले यो समयमा परिवारले कमाइ गर्न नपाएकोले गुर्जोले नै परिवार चल्ने गरेको बाउछन् ।

gurjo 3

यस्तै उनिहरुसँगै गुर्जोको व्यापार गरेर आफ्नो गुजार चलाउँदै आएका इटहरी २० तरहराका भक्त बहादुर कटुवालले गुर्जोलाई मात्रा मिलाएर खाँदा औषधीको काम गर्ने तर मात्रा नमिलाई खाँदा ज्यान पनि जान सक्ने जानकारी दिए । ‘आयुवेदले कोरोना लाग्न नदिन भनेपछि हामीले गुर्जोको व्यापार सुरु गर्यौँ । गुर्जोलाई हामीले मात्रा मिलाएर मात्रै खानुपर्छ । यदि सानो छ भने २ इन्च र ठूलो छ भने १ इन्छ जति मात्र खानु पर्छ । त्यो भन्दा बढि भएमा हाम्रो ज्यान पनि जान सक्छ । जसरी हामी प्यास लाग्यो भने आधा लिटर एक लिटर पानी खान्छौँ । यदि हामी पानी खान समुद्रमा पस्यौँ भने हाम्रो मृत्यु हुन सक्छ । गुर्जो पनि त्यस्तै हो । त्यसैले हामीले मात्रा मिलाएर खानुपर्छ’, उनले भने ।

gurjo 5 gurjo 2