इटहरीः नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन संयोजक भवेश श्रेष्ठलाई प्रदेश १ को आन्तरिक पर्यटन पुनरुत्थान समितिको संयोजक नियुक्त गरेको छ ।

paryatan vigyapti

नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरुको प्रतिनिधिमूलक संस्था, पर्यटन व्यवसायी र अन्य सरोकारवालाको सहभागितामा देशका सातै प्रदेशमा एकै प्रकृतिको समिति गठन गर्ने योजना अनुसार गठन भएको समितिमा पर्यटन व्यवसायका माध्यमबाट पर्यटन प्रवर्दनमा योगदान पुर्याएका श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले बताए ।

उनका अनुसार संयोजक श्रेष्ठलाई प्रदेश सरकारसँग समन्वय गरी प्रदेशका पर्यटन क्षेत्रका सरोकारवालासँगको सहकार्यमा आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको छ ।