इटहरीः सुनसरीको इटहरी उपमाहानगरपालिका वडा नम्बर १३ खनारमा धुमधामका साथ दुर्गामाताको ९औँ स्वरुप सिद्धिधात्रीको पुजा आरधना र बलि दिइएको छ । सरकारले सूचना नै निकालेर भिडभाड नर्गन र मन्दिरमा पुजा नर्गन निर्देशन गरेकै समयमा खनारमा दुर्गा पुजा भएको हो । खनारमा रहेको रक्तस्वेत कालि मन्दिरमा आइतबार सयौँ भक्तजनले पुजा आरधना र बलि दिएका हुन् ।

मन्दिरमा आउने अधिकांशले मास्क नै लगाएका थिएनन् । अचम्मको कुरा त के भने पुजा व्यवस्थापन समितिका सदस्य पनि मास्क विनै काम गरिरहेका थिए । मन्दिरमा पुजा गर्न लाइन बस्ता पनि सामाजिक दुरीको अवज्ञा गरिएको थियो । बोका, कुखुरा, हाँस, परेवा गरेर झण्डै एक हजारको संख्यामा बलि दिएको सो मन्दिरमा सयौँको संख्यमा मानिसहरुले दर्शन गरेका हुन् ।

यो हविगत हुँदा यता पुजा व्यवस्थापन समितिले भने भक्तजनलाई पुर्व सतर्क गराए पनि मास्क नलगाई आएको जानकारी दिएको छ । समितिका अध्यक्ष बासु सरदारले पहिला नै भक्तजनलाई मास्क वितरण गरिएको तर अहिले नलाई आएको र जनस्वास्थ्यको मपदण्ड पुरा गर्न आफू चुकेको स्वीकार गर्छन् । ‘हामीले केहि दिन अघि नै मास्क वितरण गरका थियौँ । यहाँ आउनेहरुलाई अनिवार्य लगाउन पनि भनेका थियौँ । तर आज धेरैले नलगाई आउनु भए छ । यसमा हामी गल्ति भएको स्वीकारछौँ’, उनले भने ।

mandira 1

उनले मन्दिरमा पुजा नगर्ने निधो गरे पनि कालि मन्दिरमा विभिन्न प्रकृतिक घटना हुँन थालेकाले पुजा गरेको जानकारी दिए । ‘यो वर्ष हामीले पुजा नगर्ने नै निधो गरेका थियौँ । तर काली मन्दिरमा धेरै दुर्घटाना हुने, मन्दिरमा आफै अगर वत्तिको धुवाँ निस्कने जस्ता घटान हुने गरेकाले पुजा गरेका हौँ । धेरैले बलि नदिएर कालि रिसाएको हुन सक्ने भनेपछि पुजा गर्ने निधो भएको हो’, उनले भने । साथै उनले गत वर्षहरुमा रातको समयमा विभिन्न ठाउँबाट भक्तजन आउने र भजन कृतनको कार्यक्रम हुने गरे पनि यो वर्ष नहुने जानकारी दिए ।

यसरी मास्क नै नलगाई र सामाजिक दुरी नै कायम नगरी पुजा आजा गर्न भक्तजन आएपछि हामीले किन लार्पवही गरेको भनेर सोधेका छौँ । खनार कै एक स्थानीयले हामीसँग कुरा गर्दै लामो समयसम्म कालीको पुजा नभएकाले अनर्थ हुने भन्दै बलि तथा पुजा गरिएको जानकारी दिए । ‘विगत २०/२१ वर्ष अगाडिदेखि यहाँ नवमीको दिन विशेष रुपमा कालीको पुजा हुँदै आएको छ । यो वर्ष कोरोनाले गर्दा पनि रोकिएन । कालीलाई बलि नदिए अनर्थ हुन्छ त्यसैले बलिको कार्यक्रम भएको हो । मास्क हामी अरुबेला लगाउँ गरे पनि आज मन्दिर आउँदा लगाउन आवश्य देखेनौँ’, उनले भने । उनि जस्तै त्यहाँ आउने अधिकांशको बुझाइ उस्तै थियो । धुमधामका साथ पुजा तथा बलि दिँदा पनि नियमक नियकाय भने कुनै चासो देखाएको छैन् ।

mandir 3