इटहरीः नेपाली ‘आधुनिका डान्सीङ’ गीत ‘बाँचे हजुरलाई’ को छायांकन सकिएको छ । नेपाली समाजसँग जोडिएको सो गीतको छायांकन सुन्दरहरैँचामा रहेको धार्र्मीक तथा पर्यटकीय क्षेत्र नयाँ गौशालामा भएको हो । केहि दिन अगाडि छायांकन सम्पन्न भएको सो गीतको म्यूजिक भिडियो दशैँ पछाडि तिहारको पुर्वसन्ध्यमा सार्वजनिक हुने बसन्त बस्नेतले जानकारी दिए । उनका अनुसार सो गीतमा नेपाली धार्र्र्मीक विषयवस्तु पनि समेटिएको छ ।

122121384_826119014813805_3781882574006626904_n

सो गीतमा निशान सिम्खडाको स्वर रहेको छ । साथै गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगित रहेको छ । म्यूजिक भिडियोको कोरीयोग्राफर रेश्मा बान्तावा राईले गरेकी छन् भने भिडियोमा बसन्त बस्नेत, रिना न्यौपाने र नागी डान्स सेन्टरका कलाकारको नृत्य प्रर्दशन रहेको छ । नयाँ गौशालमा नै पुरै भिडियो छायांकन भएको सो भिडियोको निर्देशन पनि बसन्त बस्नेतले नै गरेका छन् । भिडियोको छायांकन भने शिरकुमार सांपाङले गरेका छ । भिडियो जि एम नेपाल युट्युब च्यानल मार्फत् सार्वजनिक हुने छ ।

122369678_714978399429871_1362982662111049613_n 122428711_1722243834611274_3875438983925502203_n 122460650_354596592472841_2175748121225334364_n