धरानः धरानको पर्यटन प्रबर्द्धनमा थप टेवा पुर्याउने उदेश्य सहित सेक्ष पर्यटन समुहले धरान २० स्थित कालीमाटीमा करोडौं लगानीमा सेक्ष एडभेञ्चर एण्ड होलिडेज निर्माण हुने भएको छ ।

सेक्षले एडभेञ्चर पार्कको शिलान्यास गरेको छ । धरान २० स्थित विष्णुपादुकामा एडभेञ्चर पार्क को शिलान्यास गरेको छ । पर्यटनमा नयाँपन दिलाउन लगानी गर्न लागेको पर्यटनकर्मी एवं लगानीकर्ता वासुदेव वरालले बताए । उनका अनुसार एडभेञ्चर पार्क र रिसोर्ट निर्माण हुनेछ । पार्कमा डबल लेन भएको स्काई साइकल हुनेछ । पर्यटकहरुले तारमा साइकल कुदाउन पाउनेछन् । डबल लेन भएकोले एकै चोटी २ जनाले वा एक्लैले पनि साइकल कुदाउन सक्नेछन् । यस्तै, २ सय मिटरको छोटो दुरीको जिपलाइन पनि हुनेछ भने नेपालकै पहिलो ग्लास ब्रिज पनि निर्माण गरिने भएको छ ।

पार्कमा थप एडभेन्चरका लागि ह्याङगिङ पुल, रेष्टुरेष्ट, इन्डोर चिल्ड्रेन पार्क र रिसोर्ट पनि बनाउने उनले बताए । उनले भने, ञआगामी ३ बर्षभित्र एडभेञ्चर पार्क, रेष्टुरेष्ट, चिल्ड्रेन पार्क र रिसोर्टलगायत सम्पुर्ण काम सकिनेछ ।

शुरुवात लगानी ५ करोड अनुमान गरिएको छ भने सम्पुर्ण संरचना निर्माण भइसक्दा १० करोड लगानीको अनुमान छ । यो पार्क ३ बिघा क्षेत्रफलमा हुनेछ । कोभिडको महामारीले पर्यटन थला परेको छ, तर यो बेला पुर्वाधारमा लगानी गर्ने मौका पनि हो,’ उनले भने, अहिले लगानी गरिराख्दा कोभिडको असर सकेपछि पर्यटनले पिकअप लिन्छ ।’