कोरोना संक्रमण बढेपछि फ्रान्समा दोस्रो देशव्यापी लकडाउनको घोषणा

  • कार्तिक १३, २०७७
  • १०६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्।

शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन पाउने छन्।

रेस्टुरेन्ट बारहरू बन्द रहनेछन् भने विद्यालय र फ्याक्ट्रीहरू खुलै हुनेछन्। एप्रिल यता फ्रान्समा कोभिडका कारण भएको मृत्यु उच्च तहमा पुगेको छ। मङ्गलवार, ३३,००० नयाँ सङ्क्रमितको सङ्ख्या पुष्टि भएको थियो।

माक्रोँले पहिलोभन्दा कोरोनाभाइरसको दोस्रो लहर कठिन हुनेमा कुनै शंका नरहेको भन्दै देशले त्यो खतरा मोल्न नसक्ने बताए।

यसअघि, जर्मन चान्सलर एंगेला मर्केलले आफ्नो देशले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र कोरोनाभाइरस फैलिन नदिन देशव्यापी प्रयासहरूको आह्वान गरेकी थिइन्। युरोपेली थुप्रै देशहरूमा सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ।

थुप्रै देशहरूमा रातिको समयमा कफ्र्यू लगाइएको छ। ४ करोड ६० लाख जनसङख्या भएको फ्रान्समा पनि रातिको समयमा कफ्र्यू लगाइएको छ। यद्यपि, एकजना मन्त्रीले भने सामाजिक अन्तक्र्रियालाई रोक्न सरकार विफल भएको भन्दै गुनासो गरेका छन्।
बुधवार राष्ट्रका नाममा सम्बोधन गर्दै माक्रोँले महामारीको वेगलाई बढ्न नदिन फ्रान्सले अब निर्मम तरिकाले ब्रेक लगाउनुपर्ने बताएका छन्।

उनले कोभिडका बिरामीको चापले फ्रान्सका अस्पतालहरूका सघन उपचार कक्षहरू आधा भरिसकेको बताएका छन्।मार्चमा लगाइएको यसअघिको लकडाउनमा जस्तै यसपटक पनि मानिसहरूले घरबाट निस्किन जायज कारण खुलाएर फारम भर्नुपर्नेछ। सामाजिक भेलाहरूमाथि भने प्रतिबन्ध कायमै छ।

फ्रान्समा लगाइएको नयाँ प्रतिबन्धमा के-के फरक छन् ?

फ्रान्समा अहिले दैनिक ५० हजार नयाँ सङ्क्रमितहरू देखिएका विवरण छन् र सरकारले राम्ररी व्यवस्था गर्न नसकेको भन्दै आलोचना पनि भएका छन्।प्यारिसमा ७० प्रतिशत कोभिड बिरामीहरूले सघन उपचारमा प्रयोग हुने शैय्याहरू भरिएका छन्। बुधवार राष्ट्रपति माक्रोँले घोषणा गरेका प्रतिबन्ध धेरैजसो मार्चमा लगाइए जस्तै नै छन्।

ब्यापार व्यवसायका लागि यो अर्को ठूलो धक्का हुनेछ। खासगरी मनोरञ्जनका क्षेत्रहरूलाई यसले असर गर्नेछ। वर्षको तेस्रो त्रैमासिकमा अर्थतन्त्र केही उकासिएको भए पनि अब यतिबेलादेखि वर्षको अन्त्यसम्म फेरि असर पर्ने देखिएको छ। सरकारले सन् २०२० मा कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतले कमी आउने अनुमान गरेको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस

प्रदेश १ को हजार बेडको कोभिड अस्पतालको छैन पत्तो ,नागरिक केयर सेन्टर निर्माणमा पनि ढिलासुस्ती

विराटनगरः प्रदेश १ सरकारले बनाउने भनेर घोषणा गरेको एक हजार बेड क्षमताको कोभिड १९ अस्पालको अझै पत्तो ...

नेकपामा देखिएको विवाद हटाउन महाधिवेसन आवश्यक छः प्रेस संगठन इन्चार्ज गौतम

संखुवासभाः नेकपामा केन्द्रिय कमिटि सदस्य तथा प्रेस संगठनका इन्चार्ज एवम् प्रतिनिधिसभा सदस्य राजेन्द् ...

हत्या गरेपछि अपहरणको नाटक, मृतककै नम्बरबाट फिरौती माग

इटहरीः मसिंर १० गते सुनसरीको दुहबी नगरपालिका २ बीरगाँउका १७ वर्षीय सुजन नारायण चौधरी दिनभर घरमै व्यस ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved