इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार चार सय ८८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

यससँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख ९९ हजार ७२७ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । सो वेबसाइटका अनुसार विश्वभर हालसम्म ४ करोड ६३ लाख ७४ हजार मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये निको हुनेको संख्या ३ करोड ३४ लाख ७९ हजार रहेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ८६ हजार संक्रमित थपिँदा भारतमा ४६ हजार थपिएका छन् भने ब्राजिलमा १६ हजार र रुसमा १८ संक्रमित वृद्धि भएका छन् । यसैगरी, फ्रान्समा ३५ हजार नयाँ संक्रमितको पहिचान भएको छ । हालसम्म अमेरिकामा कुल संक्रमितको संख्या ९४ लाख दुई हजार रहँदा भारतमा ८१ लाख ८२ हजार व्यक्ति संक्रमणको चपेटामा परेका छन् । ब्राजिलमा संक्रमितको कुल संख्या ५५ लाख ३५ हजार रहेको छ भने रुसमा यो संख्या १६ लाख १८ हजार रहेको छ । फ्र्रान्सका १३ लाख ६७ हजार मानिसमा संक्रमण भइसकेको तथ्याङ्क छ ।