इटहरीः बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि सरकारले आफ्ना नागरिकको सुरक्षाका लागि दोस्रो चरणको लकडाउन घोषणा गरेको छ ।

सरकारी घोषणा अनुसार आगामी बिहीबारबाट बेलायतमा देशव्यापी लकडाउन सुरु हुनेछ । पहिलो चरणमा मार्च २३ देखि जुलाइसम्म लकडाउन गरेको सरकारले दोस्रो चरणको लकडाउनको अवधि एक महिना निर्धारण गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी लकडाउनमा विगतमा जस्तो स्कुल, कलेज तथा विश्वविद्यालय बन्द नहुने बताए ।

अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द हुने उनको भनाइ थियो । रेष्टुरेन्ट र पब सञ्चालनमा रोक लगाउने निर्णय गरिएको बताउँदै जोन्सनले टेक अवे सेवालाई भने यथावत राखिने प्रष्ट पारे । पछिल्लो २४ घण्टामा २१ हजार नयाँ कोरोना संक्रमितको पहिचान भएको बेलायतमा कुल १० लाख ११ हजारभन्दा बढी संक्रमितहरु रहेका छन् । (एजेन्सी)