इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ३२ हजार तीन सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै विश्वमा संक्रमितको कुल संख्या चार करोड ६८ लाख दुई सय ४८ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी, २४ घण्टाकै अवधिमा पाँच हजार एक सय ८५ जना संक्रमितको ज्यान गएको छ । यससँगै विश्वभर संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या हालसम्म १२ लाख चार हजार नौ सय २९ जना पुगेको छ । यसका साथै तीन करोड ३७ लाख २७ हजार छ सय ४८ जना संक्रमित निको भएका छन् । हाल एक करोड १८ लाख ६७ हजार छ सय ७१ जना संक्रमितको उपचार जारी छ ।
उपचाररतमध्ये ८५ हजार दुई सय ६७ जनामा गम्भीर लक्षण देखिएको छ । अमेरिकामा एकैदिन ७० हजार एक सय १६ संक्रमित पहिचान भएपछि कुल संंक्रीमतको संख्या ९४ लाख ७२ हजार सात सय छ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन सय ९७ जना संक्रमितको ज्यान गएपछि अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हालसम्म दुई लाख ३६ हजार चार सय ६९ जना रहेको छ । अमेरिकामा निको हुने संक्रमितको संख्या ६० लाख ९६ हजार छ सय ५७ पुगेको छ भने ३१ लाख ३९ हजार पाँच सय ८० जनाको उपचार जारी छ । उपचाररतमध्ये १७ हजार दुई सय २१ जनामा गम्भीर लक्षण देखिएको छ ।
यता, भारतमा पछिल्लो २४ घण्टामा४६ हजार चार सय ४१ जना नयाँ संक्रमित देखिएसँगै संक्रमितको कुल संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । भारतमा निको हुनेको संख्या ७५ लाख ४२ हजार नौ सय पाँच जना रहेको छ । एकैदिन ९३ जना संक्रमितको ज्यान गएपछि भारतभर कुल मृतकको संख्या एक लाख २२ हजार छ सय ४२ जना पुगेको छ । हाल भारतमा पाँच लाख ६३ हजार सात सय ७५ जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जना गम्भीर अवस्थाका रहेका छन् ।
यस्तै, ब्राजिलमा पछिल्लो २४ घण्टामा १० हजार एक सय जनामा संक्रमण पुष्टि भएप्छि कुल संक्रमितको संख्या ५५ लाख ४५ हजार सात सय पाँच पुगेको छ । ब्राजिलमा निको हुने संक्रमितको संख्या ४९ लाख ८० हजार नौ सय ४२ रहेको छ भने मृतकको कुल संख्या एक लाख ६० हजार ७४ रहेको छ । हाल ब्राजिलमा उपचाररत चार लाख चार हजार छ सय ८९ जना संक्रमितमध्ये आठ हजार तीन सय १८ जनामा गम्भीर लक्षण देखिएको छ । -एजेन्सी