इटहरीः भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज दोस्रो चरणमा ९४ सिटका लागि सुरु भएको मतदान जारी छ ।

२ सय ४३ सिटको बिहार विधानसभाको झण्डै आधा सिटका लागि गत बुधबार मतदान सम्पन्न भएको थियो । दोस्रो चरणमा आज भइरहेको चुनावमा १ हजार ४ सय ६३ उम्मेदवार चुनावी मैदानमा छन् । बिहारमा विपक्षी दलबाट मुख्यमन्त्री पदका उम्मेदवार तेजस्वी यादव, उनका दाजु तेजप्रताप यादव तथा अन्य प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा आज मतदान हुँदैछ ।

सन् २०१५ को विधानसभा निर्वाचनमा यी ९४ क्षेत्रमा तेजस्वीको राष्ट्रिय जनता दलले सबैभन्दा धेरै क्षेत्रमा चुनाव जितेको थियो । उक्त चुनावमा आरजेडीले ३३, जनता दल युनाइटेड जेडीयूले ३०, भारतीय जनता पार्टी भाजपाले २०, कांग्रेसले ७ तथा अन्य साना दलले ४ सिट जितेका थिए । -एजेन्सी