इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले एकतर्फि निणर्य गरेर राति ८ बजेबाट होटल तथा अन्य व्यवसाय सञ्चालन गर्न नदिन निणर्य गरेपछि होटल व्यवसायी मारमा परेका छन् । होटल व्यवसायीले ‘पिक आवर’मा बन्द गर्दा आफूह? मारमा परेका बताएका छन् । होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले होटल तथा पर्यटन व्यवसायी बाहेकका व्यवसायलाई यो निणर्य उपयुक्त भएको बताए । साथै उनले होटल तथा पर्यटन व्यवसायीलाई यो निणर्यले ठूलो असर गरेको बताए । ‘अन्य व्यवसायीह?लाई त ८ बजे बन्द गर्द खासै प्रभाव नपर्ला तर होटल व्यवसायीको लागि राति ७ देखि ९ बजेको समय भनेको पिक आवर हो । यो बेलामा हाम्रो अधित्तम कारोबार हुन्छ । तर प्रशासनले ८ बजे नै होटल बन्द गराउँदा ग्राहक र हामी पनि धेरै मारमा परेका छौँ’, उनले भने ।

उनले कोरोना महामारी रोकथामको लागि सरकारले लागू गरेको लकडाउन र पटकपटक जारी गरिएको निषेधाज्ञाले व्यवसायी आर्थिक संकटको अवस्थामा पुगेको बताए । उनले सो संकट निराकरण गर्न चाडबाडले व्यवसायीलाई आस पलाएको तर प्रशासनको नियमले निरास परेको बताए । ‘हामी सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञामा झण्डै ७ महिना घरमा नै बस्यौँ । त्यो बेला हाम्रो आमदानि शून्य थियो । यो बेला लकडाउनको समयको घर भाडा, बैँकको ऋण र सरकारको करले हामीलाई पिरोलिरहेको छ । त्यहि पनि दशैँ तिहार लगायतका चाडबाडमा इटहरीमा आन्तरिक पर्यटक आउने र होटलको कारोबार बढ्नेमा हामी आसाबादि थियौँ । आन्तरीक पर्यटक आउने क्रम पनि बढेको थियो । तर प्रशासनले ८ बजे नै होटल बन्द गर्न लगाएपछि हाम्रा पलाएको आसाको मूना पनि ओइलाएको छ’, उनले भने ।

अध्यक्ष पराजुलिले प्रहरी बल प्रयोग गरेर होटल बन्द गर्ने गर्नाले होटलमा आउने ग्राहकमा नगरात्मक प्रभाव परेको बताए । ‘अहिले इटहरीमा प्रहरीले पनि बल प्रयोग गरिरहेको छ । हामी पनि चाडबाडमा हुने सुरक्षा चुनौतिका विषयमा सजग छौँ । हामीले प्रशासनलाई बेलूका ९ देखि १० बजेसम्म मात्र होटल खोल्छौँ भन्दा पनि मन्दैनन् । ८ बजे भन्दा उता होटल खोल्दा प्रहरी आइपुग्छन् र जबरजस्ती होटल बन्द गरेर जान्छन् । यसले होटलमा आउने ग्राहकल सास्ति भोग्दै आएका छन् । हाम्रो कारोबार त ठप्प नै हुन लागेको छ । उनले अब प्रशासनले होटल व्यवसायीको हितको लागि १० बजेसम्म होटल खोल्न दिनुपर्ने नभए चावि प्रशासनलाई बुझाउने चेतावनी दिए ।

‘जिल्ला प्रशासनसँग हाम्रो माग भनेको राति १० बजेसम्म पसल खोल्न पाउनुपर्छ भन्ने हो । हामी ८ बजेपछि सटर बन्द गरेर भित्र रहेका ग्राहकलाई सेवा प्रदान गर्न पनि तयार छौँ । तर प्रशासनले हामीलाई त्यसो गर्नपनि दिएको छैन् । अब जिल्ला प्रशासनले हामीलाई राति १० बजेसम्म होटल खोल्न दिनुपर्छ नभए हामी होटलह?को चाबी प्रशासनलाई बुझाउछौँ’, उनले भने ।

हाल इटहरी उपमहानगरपालिकामा दर्ता भएका आधारमा यहाँ १२ साना ठूलो होटल सञ्चालनमा छन् । होटल व्यवसायी संघ इटहरीमा दर्ता भएका होटलको संख्या भने ४ सयको हाराहारीमा छन् । यी सबै होटल लामो सयम ठप्प हुँदा व्यवसायी मारमा परेका छन् । होटलको कारोबार शून्य हुँदा सरकारको राजस्व संकलनमा पनि प्रभाव परेको छ ।