इटहरीः अक्सर तपाईँ टाढाको यात्रामा जादाँ होस् या कतै जादाँ सार्वजनिक सौचालयको आवश्यकता पक्कै महसुस गर्नहुन्छ होला । अनि कसैले सार्वजकि सौचालयक भन्ने वित्तिकै तपाईँ फोहोर ठाउँ, दुर्गन्धीत बातावरण र जतातै सौच सम्झनु हुन्छ होला । बास्तवीकता पनि यही हो । नेपालका अधिकांस सार्वजनिक सौचालय प्रयोग नै गर्न नमिल्ने खालका हुन्छन् । तर मोरङको सुन्दरहरैँचामा भने तपाईँ हाम्रोले सोच्दै नसोचेको सौचालय निर्माण भएको छ । ३ तल्ले भवन पहिलो तल्लामा सौचालय सहित चिया तथा खाजा पसल, स्यानेटरी प्याड सहितको पार्लर अनि सैलून । दोस्रो तल्लामा सुविधा सम्पन्न पुस्ताकालय । अनि तेस्रो तल्लामा सफाई कर्मचारीका लागि आवास गृह । यी सबै एउटै ठाउँमा त्यो पनि सार्वजनिक सौचालयमा तपाईँ हामीलाई त पत्याउनै गाह्रो हुन्छ ।

यो अपत्यारीलो कामको सु?वात सुन्दरहरैँचाका व्यवसायी भोला दुलालले गरेका हुन् । झण्डै एक महिना लामो युरोप भ्रमणको क्रममा उनले यस्तै प्रविधिको व्यवस्थीत सौचालय देखेका थिए । युरोपी मूलमा देखेको यो प्रविधिलाई आफ्नै ठाउँमा नल्याइ उनलाई चित्तै बुझेन । उनको त्यो एक सपना जस्तै बन्यो । त्यही सपनालाई साकार पार्न २०७२ सालमा उनले सौचालय निर्माण महाअभियान नै सञ्चालन गर्न प्रण गरे । त्यसपछि स्थानीय सरकार (सुन्दरहरैँचा नगरपालीका) सँग सौचालय बनाउनको लागि उनले प्रस्ताव गरे । नगरपालिका र उद्योग वाणिज्य सँगले सौचालय बनाउने कामलाई तिब्रता दिए । महाअभियानको सम्योजन भने दुलाल आफैले गरे । दुलालले युरोप यात्राबाट फर्केपछि व्यवसायीसँग छलफल गरेर सौचालय निर्माण थालिएको जानकारी दिए ।

toilet 1

‘म सौचालयको सोच विकास हुनुभन्दा केहि अगाडि स–परिवार युरोप भ्रमणको लागि गएको थिए । त्यहाँ यात्रा गर्ने क्रममा हामीले एउटै बसमा युरोपका विभिन्न देशको भ्रमण गयौँ । भ्रमणको क्रममा मेरो मन त्यहाँको सौचालयले लोभ्यायो । हरेक ४ घण्टामा एउटा सौचालयमा बस रोक्थ्यो । ति सौचालयमा सौलुन, व्यूटिपार्लर, खाजा पसल, पुस्तकालय हुन्थे । अनि सौचालय पनि व्यवस्थीत । यी सबै दृष्यले मेरो मन लोभ्यायो । त्यसपछि मैले यस्तो प्रकारको सौचालय नेपालमा पनि बनाउन सकिन्छ भनेर सोच बनाउँन थाले । नेपाल आएपछि व्यवसायी साथिह?सँग त्यको बारेमा कुरा गरे र साथीह?ले पनि बनाउ भन्ने कुरा गर्नुभयो र सौचालय बनाउने तयारी थाल्यौँ’, दुलालले भने ।

उनले सु?मा धेरै बजेट लाग्ने भएपछि पैसा उठाउने बाटो खोज्न थालेको बताए । ‘साथिह?ले हुन्छ तर यत्रो पैसा कहाँबाट जुटाउने भन्न थाल्नु भयो । त्यपछि हामीले सानोबाटै सु? गरौँ भनेर एक्स्पो लगायौँ । एक्स्पोबाट हामीले झण्डै एक करोड ३८ लाख पैसा बचायौँ । त्यहि रकमले हामीले विराटचोकमा सौचालयको लागि जग्गा खरीद गर्यौँ । त्यो सँगै हामीले एक्स्पोको पैसाले नै खोर्सानेमा पनि जग्गा खरीद गर्यौँ’, उनले भने । उनले डिपिआर तयार भएपछि मात्र नगरलाई सौचालयको विषयमा जानकारी गराएको हामीलाई सुनाए । ‘हामीले झण्डै निशुल्कमा नै डिपिआर तयार गर्यौँ । त्यो बेलामा स्थानीय सरकार थिएन । हामीले डिपिआर तयार गरेपछि स्थानीय सरकारको निर्वाचन भयो र जनप्रतिनिधिह? आउनुभयो । नगरपालिकाको पहिलो बैठकमा नै मैले यो विषयमा जानकारी गराएँ । उहाँह? पनि सकरात्मक हुनुभयो र सहयोगकालागि तत्पर हुनुभयो’, उनले भने ।

उनले सौचालयको सञ्चालन खर्च सौचालयबाट निस्कने गरि अवधारण बनाएर काम सु? गरेको र त्यो पुरा भएको बताए । ‘हामीले सौचालय निर्माण गरेपछि सौचाललाई आवश्यक पर्ने सञ्चालन खर्च सौचालयबाटै उठाउने गरि अवधारण बनायौँ र त्यो पुरा पनि भयो । अहिले हामीले यहाँ कर्मचारी पनि राखेका छौँ । ती कर्मचारीलाई दिने तलब पनि सौचालयकै आमदानीबाट भरपुर हुन्छ । हाम्रो ३ वटा सटरबाट झण्डै २५ हजार मासिक आमदानी हुन्छ । लाइब्रेरीमा पुस्तक पढ्नलाई वार्षीक १ हजार तिरेर सदस्य बन्न पाईने र पुस्तक पढ्न पाइने व्यवस्था गरेका छौँ । अहिले सौचालय निशुल्क भए पनि ६ महिनापछि हामी सशुल्क प्रयोगमा ल्याउँछौँ । त्यसकै आमदानीबाट हामीलाई सौचालय सञ्चालन गर्न पुग्छ’, उनले भने ।

toilet 3

साथै उनले वषौँदेखि अ?को सौचालय सफा गर्दै सडकमा बस्ने डुम परिवारको भाग्य फेरीएको बताए । ‘हाम्रो ८ वटा सौचालयका वषौँदेखि अ?को सौचालय सफा गदै आएका डुम परिवारलाई राखेका छौँ । उनिह?लाई खान बस्नको लागि छुटै कोठा छ । मासिक ?पमा तलब पनि पाउँछन् । यसरी हामीले ८ वटा डुम परिवारको भाग्य फेर्ने काम गरेका छौँ । उहाँह? पनि यसबाट खुशी छन्’, उनले भने ।

यता सुन्दरहरैँचाका नगर प्रमुख शिवप्रसाद ढकालले सौचालयको अवधारण पृथक तथा राम्रो लागेकाले नगरले पनि सहयोग गरेको जानकारी दिए । ‘हामीलाई उहाँले सौचालयको बारेमा जानकारी गराउनुभयो । साँच्चै राम्रो लाग्यो सौचालयको अवधारण । त्यही कारणले हामी सौचालय निर्माणके हिस्सा बन्यौँ’, उनले भने ।

toilet 4