इटहरीः इटहरीकै मुटुको रुपमा रहेको पर्यटकीयस्थल तालतलैयालाई लकडाउनले नराम्ररी प्रभाव पारेको छ ।

इटहरी उपमाहानगरपालिका वाड नम्बर ३ मा करिब ७६.७५ हेक्टर क्षेत्रफलमा फैलिएको यो पर्यटकीयस्थल यतिबेला सुनसान बनेको छ । लकडाउन सकिएर अन्य व्यवसाय धामधाम सञ्चालनमा आए पनि पर्यटन व्यवसाय भने लयमा फर्कन सकेको छैन । फलस्वरुप यसमा आबद्ध सबैको जनजीवन प्रभावित भएको छ । लकडाउनको समयभन्दा अगाडि दैनिक एक हजारदेखि १५ सयसम्म पर्यटक आउने तालतलैया कोरोनाको संक्रमणका कारण प्रभावित बनेको हो । तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीर बहादुर लिम्बूले लकडाउनले यहाँको आय शून्य भएको र यसले यहाँको व्यवस्थापनमा चुनौति थपिएको जानकारी दिए । 

‘लकडाउनले तालतलैयाको पर्यटनलाई नराम्रो असर पार्याे । यहाँ लकडाउनभन्दा अगाडि दैनिका एक हजारदेखि १५ सयसम्म पर्यटक आउने गरेका थिए । तर, लकडाउनले गर्दा त्यो संख्या शून्यमा झरको छ । पर्यटक नआउँदा यहाँको आय शून्य भएको छ । यसले यहाँको कर्मचारीलाई हामीले तलब दिन सकेका छैनौँ । पशुपक्षिंलाई आहारसमेत किन्न सकेका छैनौँ । त्यति मात्र होइन, यहाँ हामीले हेर्नलायक अन्य भौतिक संरचना पनि विकास गर्न सकेका छैनौँ’, उनले भने । उनले लकडाउनको समयमा कर्मचारीलाई व्यवस्थापन गर्न १५ दिन काम र १५ दिन विदाको नीति अवलम्बन गरेको तर त्यो पशुपक्षिंमा लागू गर्न नसकिने बताए । त्यही कारणले एक सातादेखि पुनः तालतलैयालाई खुल्ला गरिएको लिम्बूले जानकारी दिए ।

2222 (1)

‘लकडाउनमा हामीले केही महिना सबै कर्मचारीलाई बोलायौँ । तर, लकडाउनको समय बढ्दै जाँदा हामीलाई आर्थिक भार थपिँदै गयो । आर्थिक भार कम गर्ने विकल्पस्वरुप हामीले यहाँका कर्मचारीलाई रोटेसनको आधारमा बोलायौँ । हामीले कर्मचारीलाई १५ दिन काम दियौँ र १५ दिन घरमै राख्यौँ । तर यो कुरा यहाँका जीवजन्तुमा त लागू गर्न सकिँदैन । त्यसैले हामीले एक सातादेखि यहाँको आन्तरीक आर्थिक भार कम गर्नलाई मात्र भए पनि खुल्ला गरका छौँ’, उनले भने ।

1111