इटहरीः उदयपुरको चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेमा वि.स.१८८१ मा निर्मित थानपोखरी र सन्दासी बाबा मन्दिर संरक्षण अभावमा जिर्ण बन्न थालेको छ ।

मध्यकालीन समयमा सप्तरीको सिसुवा धनगढीबाट आएका रजराम मईझ थारु भन्ने व्यक्तिले मन्दिर स्थापना गरी इष्टदेवका रुपमा पूजा सुरु गरेको यस क्षेत्रका बुडापाकाहरुको भनाइ छ । उनले राजा महेन्द्रसँग हुकुम प्रमांगी जारी गराई ज्यामिरेमा बस्ती बसाएका थिए । वैशाख १ गतेका दिन यस क्षेत्रमा लाग्ने मेलामा भाकल पूरा गर्न पूर्वी तराईका विभिन्न जिल्लाबाट थारु तथा अन्य समुदायका मानिसहरु पुग्ने गरेका छन् ।

मन्दिर स्थापनाकर्ताका सन्तति कन्की मईझ थारुले सन्तान प्राप्तिको वरदान प्राप्त भएपछि १९८१ सालमा सो मन्दिरको पुनर्निर्माण गराएको बताइन्छ । रजराम मईझ थारु चौधरीका सन्तान समाजसेवी पूर्व प्रधानपंच रामदेब चौधरीले भने, ‘थारु जातिको आस्था र बिश्वासको धरोहर थान पोखरी र देवस्थथल खण्डहरमा परिणत हुन लागेको छ । यसको जिर्णोद्दार, संरक्षण र सम्बद्र्धनको कतैबाट प्रयास र पहल भएको छैन ।’