इटहरीःआज धन त्रयोदशी अर्थात् धनतेरसको दिन । आजको दिनमा विशेष गरि सुन चाँदि तथा धातुका सामान खरिद गर्ने परम्परा रहेको छ । धनतेरसका दिन धातुका सामान किन्दा फलिफाप हुने विश्वस रहेको छ । त्यही कारण आजको दिन सुन तथा चाँदिका गरगहना र सिक्काहरु तामा तथा अन्य धातुका सामान खरिद गर्ने गरिन्छ । धनतेरसका दिन किनिएका धातुका सामानलाई लक्ष्मि पुजाका दिन विशेष पुजा गर्ने धार्मिक परम्पर रहिआएको छ । यहि विश्वसका कारण अरुदिनको तुलनामा सुन चाँदि पसल तथा धातुका पसलहरुमा सामान किनेको संख्या वृद्धि हुन्छ ।


यो वर्ष कोरोना महामारीका कारण मानिसको चहलपहल कम मात्र नभएर अत्यावश्यक सामान किन्ने पसलमा मात्र मानिसहको भिड देखिने गरेको छ । तर धनतेरसका दिन भने धरानका विभिन्न सुनचाँदि तथा धातुका भाडाकुडा विक्रिगर्ने पसलमा ग्राहकको घुइँचो बढेको छ । धरानमा रहेको बराह ज्वेलर्समा सुनचाँदिका गहना र धातुका सामान किन्न आएका ग्राहकले परम्परागत रुपमा नै आजको दिन धातुका सामान किन्दा शुभ हुन्छ भन्ने विश्वास रहेकाले आजकै दिन खरिद गरेको बताएका छन् ।

शनिबार अर्थात् भोली धनधान्यकी देवी लक्ष्मीको पूजा–आराधना गरि दीपावली गर्ने परम्परा रहेको छ । यो समयमा सुनचाँदिको कारोबार बढ्ने भएपछि व्यवसायीहरुले पनि छुट तथा सहुलियत दिँदै आएका छ । धरानमा रहेको बराह ग्रुप प्रदेश १ का प्रमुख मान बहादुर विश्वकर्माले तिहार र छैठलाई लक्षित गरेर सुन तथा चाँदिका गरगहनामा विशेष छुट योजना ल्याएको जानकारी दिए । उहाँले ग्राहकको मर्म बुझेर ति सामानमा छुट गरेको बताए ।