इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ६७ हजार एक सय १३ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै विश्वभर हालसम्म कोरोना संक्रमितको कुल संख्या पाँच करोड ८४ लाख ६६ हजार एक सय आठ जना पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा विश्वका आठ हजार आठ सय ५२ जनाको ज्यान गएपछि हालसम्म विश्वमा ज्यान गुमाउने संक्रमितको कुल संख्या १३ लाख ८५ हजार सात सय आठ जना पुगेको सो वेबसाइटको तथ्याङ्क छ । विश्वभर हालसम्म निको हुने संक्रमितको संख्या चार करोड चार लाख ४४ हजार सात सय १९ जना पुगेको छ । हाल विश्वभर एक करोड ६६ लाख ३५ हजार ६ सय ८१ जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख दुई हजार तीन सय ६९ जनामा गम्भीर लक्षण देखिएको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ५९ हजार नौ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ संक्रमितको कुल संख्या एक करोड २४ लाख ३७ हजार सात सय ९४ पुगेको छ । संक्र्रमितमध्ये पछिल्लो २४ घण्टामा मात्र अमेरिकाभर एक हजार चार सय २१ जनाले ज्यान गुमाएपछि त्यहाँ कुल मृतक संक्रमितको संख्या दुई लाख ६१ हजार सात सय ५१ पुगेको छ । अमेरिकामा हालसम्म ७४ लाख सात सय ९१ जना संक्रमित निको भएका छन् । हाल अमेरिकामा ४७ लाख ७५ हजार दुई सय ५२ जना संक्रमितको उपचार जारी छ । जसमध्ये गम्भीर लक्षण सहितका संक्रमित २२ हजार नौ सय पाँच जना रहेका छन् ।

यसैगरी, संक्रमणबाट बढी प्रभावित मुलुकहरुको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा विगत २४ घण्टामा ४५ हजार दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ संक्रमितको कुल संख्या ९० लाख ९५ हजार नौ सय आठ जना पुगेको छ । भारतमा हालसम्म निको हुने संक्रमितको कुल संख्या ८५ लाख २० हजार ३९ रहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा चार सय ९९ संक्रीमतले ज्यान गुमाएका छन् । यससँगै भारतभर मृतक संक्रमितको संख्या एक लाख ३३ हजार दुई सय ६३ पुगेको छ । हाल भारतभर भारतभर चार लाख ४२ हजार ६ सय ६ संक्रमितको उपचार जारी रहँदा आठ हजार नौ सय ४४ संक्रमितमा गम्भीर लक्षण देखा परेको छ ।

यसैगरी, ब्राजिलमा पछिल्लो २४ घण्टामा ३२ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ६० लाख ५२ हजार ६ सय ८६ पुगेको छ । संक्रमितमध्ये निको हुनेको संख्या ५४ लाख ५२ हजार एक सय दुई रहेको छ । संक्रमणका कारण पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा तीन सय ५४ जनाले ज्यान गुमाएका छन् । यससँगै त्यहाँ मृतक संक्रमितको कुल संख्या एक लाख ६९ हजार १६ पुगेको छ । हाल ब्राजिलभर चार लाख ६१ हजार ६ सय ६८ जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जना गम्भीर लक्षण सहितका संक्रमित रहेको वल्र्डोमिटरले जनाएको छ ।