इटहरीः विश्वमा हालसम्म कोरोना भाइरसबाट पाँच करोड ८९ लाख ८५ हजार पाँच सय जना संक्रमित भएका छन् ।

विगत २४ घण्टामा मात्र विश्वभर १४ हजार नौ सय ७५ भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरका अनुसार संक्रमितमध्ये हालसम्म १३ लाख ९३ हजार ६ सय ७१ जनाले ज्यान गुमाएका छन् ।

विगत २४ घण्टाको अवधिमा मात्र ज्यान गुमाउने संक्रमितको संख्या चार सय ४४ भन्दा बढी रहेको छ । हालसम्म विश्वमा निको हुने संक्रमितको संख्या चार करोड सात लाख ६६ हजार नौ सय चार जना रहेको छ । हाल विश्वभर एक करोड ६८ लाख २४ हजार नौ सय २५ जना सक्रिय संक्रमित रहेकोमा सोमध्ये एक लाख तीन हजार ७२ जनाको गम्भीर अवस्थामा उपचार जारी रहेको छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा २२ हजार नौ सय ५९ संक्रमितको अवस्था चिन्ताजनक रहेको छ । हालसम्म एक करोड २५ लाख ८३ हजार चार सय १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ७४ लाख ४७ हजार चार सय ६१ जना निको भएका छन् । ४८ लाख ७३ हजार दुई सय ६६ जना उपचाररत रहेकोमा २२ हजार नौ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा आठ सय ६१ संक्रमितको ज्यान गएपछि त्यहाँ मृतक संक्रमितको कुल संख्या दुई लाख ६२ हजार छ सय ९१ जना पुगेको छ । अमेरिकामा एकै दिन एक लाख ३१ हजार तीन सय ८४ जनामा संक्रमण देखिएको छ ।

छिमेकी मुलुक भारतमा हालसम्म ९१ लाख ४० हजार तीन सय १२ जना संक्रमित देखिएका छन् । संक्रमितमध्ये निको हुनेको संख्या ८५ लाख ६१ हजार चार सय ४४ रहेको छ । संक्रमितमध्ये २४ घण्टाको अवधिमा पाँच सय १० जनाको ज्यान गएसँगै भारतभर ज्यान गुमाउने संक्रमितको कुल संख्या एक लाख ३३ हजार सात सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४४ हजार चार सय चार जनामा संक्रमण पुष्टि भई हाल भारतमा सक्रिय संक्रमितको संख्या चार लाख ४५ हजार ९५ जना रहेको छ । जसमध्ये आठ हजार नौ सय ४४ जनाको गम्भीर अवस्थामा उपचार जारी छ ।

ब्राजिलमा हालसम्म कोरोना संक्रमितको संख्या ६० लाख ७१ हजार चार सय एक पुगेको छ । संक्रमितमध्ये ५४ लाख ३२ हजार पाँच सय पाँच जना निको भएका छन् । चार लाख ६९ हजार छ सय ९९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमितमध्ये एक लाख ६९ हजार एक सय ९७ जनाको मृत्यु भइसकेको छ । एकै दिन एक सय ८१ संक्रमितको मृत्यु भयो । पछिल्लो २४ घण्टामा १८ हजार छ सय १५ नयाँ संक्रमित थपिए ।