इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर पाँच लाख ७६ हजार पाँच सय ७९ जना नयाँ कोरोना संक्रमितको पहिचान भएको छ ।

यससँगै हालसम्म विश्वभर कुल छ करोड ८५ लाख ४२ हजार एक सय ३३ जनामा संक्रमण पुष्टि भएको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । वल्र्डोमिटरका अनुसार २४ घण्टाको अवधिमा विश्वभर ११ हजार ६ सय ३७ संक्रमितको ज्यान गएको छ । यससँगै हालसम्म विश्वभर मृतक संक्रमितको कुल संख्या १५ लाख ६२ हजार २५ पुगेको छ । विश्वमा निको हुने कोरोना संक्रमितको संख्या चार करोड ७४ लाख ४५ हजार पाँच सय चार रहेको छ । हाल विश्वभर एक करोड ९५ लाख ३४ हजार छ सय चार जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार चार सय दुई जना संक्रमितमा गम्भीर लक्षण देखिएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा दुई लाख एक हजार पाँच सय चार जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै अमेरिकामा संक्रमितको कुल संख्या एक करोड ५५ लाख ८५ हजार ९२ पुगेको छ । २४ घण्टाको अवधिमा दुई हजार आठ सय ७५ जना संक्रमितले ज्यान गुमाएपछि अमेरिकामा मृतक संक्रमितको कुल संख्या दुई लाख ९३ हजार तीन सय ५८ पुगेको छ । अमेरिकामा हालसम्म संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९० लाख ८३ हजार सात सय ६९ पुगेको छ । हाल अमेरिकामा ६२ लाख सात हजार नौ सय ६५ जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये २६ हजार आठ सय ७४ संक्रमित गम्भीर अवस्थामा रहेका छन् ।

यसैगरी, संकमणबाट बढी प्रभावितहरुको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा २४ घण्टाको अवधिमा ३२ हजार ६७ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमितको कुल संख्या ९७ लाख ३५ हजार नौ सय ७५ पुगेको छ । भारतमा २४ घण्टाभित्र चार सय चार जना संक्रमितले ज्यान गुमाएपछि त्यहाँ मृतक संक्रमितको कुल संख्या एक लाख ४१ हजार तीन सय ९८ पुगेको छ । भारतमा हालसम्म निको हुने संक्रमितको संख्या ९२ लाख १४ हजार आठ सय छ जना पुगेको छ । हाल भारतभर तीन लाख ७९ हजार सात सय ७१ जना संक्रमितको उपचार जारी रहेको छ । सोमध्ये आठ हजार नौ सय ४४ संक्रमितमा गम्भीर लक्षण देखिएको छ ।

एकै दिन ४७ हजार आठ सय ५० जना नयाँ बिरामी थपिएपछि ब्राजिलमा कोरोना संक्रमितको संख्या ६६ लाख ७५ हजार नौ सय १५ पुगेको छ । २४ घण्टामा सात सय ९६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउने संक्रमितको संख्या एक लाख ७८ हजार एक सय ८४ पुगेको छ । संक्रमितमध्ये निको हुनेको संख्या ५८ लाख ५४ हजार सात सय नौ रहेको छ । हाल ब्राजिलमा छ लाख ४३ हजार २२ जना संक्रमितको उपचार जारी छ । सोमध्ये आठ हजार तीन सय १८ जनामा गम्भीर लक्षण देखिएको छ ।