इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर १० हजार चार सय ६७ भन्दा बढी मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।
यससँगै विश्वभर संक्रमितको कुल संख्या सात करोड ७१ लाख ६९ हजार तीन सय ९१ जना पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । विश्वका संक्रमितमध्ये विगत २४ घण्टामा चार सय १३ जनाभन्दा बढीको ज्यान गएसँगै हालसम्म मृतक संक्रमितको संख्या १६ लाख ९९ हजार पाँच सय ६० पुगेको छ । विश्वमा हालसम्म पाँच करोड ४० लाख ८८ हजार चार सय ८३ संक्रमित निको भएका छन् । हाल विश्वभर दुई करोड १३ लाख ८१ हजार तीन सय ४८ जना सक्रिय संक्रमितहरु उपचाररत रहेका छन् ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म एक करोड ८२ लाख ६७ हजार पाँच सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अमेरिकामा हालसम्म तीन लाख २४ हजार आठ सय ६९ जनाको ज्यान गएको छ भने एक करोड ६ लाख २२ हजार ८२ जना संक्रमित निको भएका छन् । हाल अमेरिकाभर ७३ लाख २० हजार ६ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको छिमेकी मुलुक भारतमा एक करोड ५६ हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । भारतका संक्रमितमध्ये एक लाख ४५ हजार आठ सय ४३ जनाको ज्यान गएको छ भने निको हुने संक्रमितको संख्या ९६ लाख पाँच हजार तीन सय ९० पुगेको छ । हाल भारतमा तीन लाख पाँच हजार १५ जना सक्रिय संक्रमितहरु रहेका छन् ।