इटहरीः इटहरीस्थित आरटिआरके होटेल स्कुलले चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । २०६८ सालदेखि होटेल म्यानेजमेन्ट सम्बन्धी तालिम र कक्षाहरू सञ्चालन गर्दै आएको आरटिआरके आफ्नै भवनमा चुलो रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । रेस्टुरेन्ट सञ्चालनको अवसरमा १५ दिनसम्मको फुड टेस्ट फेस्टिभल समेत आयोजना गरेको छ ।

आरटिआरके होटेल स्कुलले पत्रकार सम्मेलनको आयोजना गरी चुलो रेस्टुरेन्ट सञ्चालनमा आएको अवसरमा १५ दिनको फुड फेस्टिभल समेत आयोजना गरेको जानकारी दिइएको छ । नेपाली मौलिक खानाहरूको प्रवद्र्धन गर्ने र पर्यटनमा टेवा पुराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा आएको जानकारी दिइएको छ । रेस्टुरेन्टमा १०१ दिनसम्म नेपाल भ्रमण गरी खानाकै विषयमा खोज, अनुसन्धान गरेका सेफ प्रमेलाल घिसिङले फुड फेस्टिभल र रेस्टुरेन्टमा खाना तयार पर्ने छन् ।

नेपाली मौलिक खानाहरूलाई मेनुमै राखेर प्रवद्र्धन गर्न लागिएको यो पूर्वी नेपालमै पहिलो रेस्टुरेन्ट भएको रेस्टुरेन्ट तथा आरटिआरके होटेल स्कुलका व्यवस्थापक प्रमुख प्रेम तुम्बापोले जानकारी दिनुभयो ।

रेस्टुरेन्ट सञ्चालन गरेको अवसरमा शुक्र बाह्रदेखि आयोजना गरिएको फुड टेस्ट फेस्टिभल अवधिभरि १५ प्रतिशत छुट समेत दिइएको जनाइएको छ । आरटिआरके होटेल स्कुलले यसै वर्षदेखि होटेल व्यवस्थापनका १८ महिने डिप्लोमा कोर्सहरू सञ्चालनको तयारी गरेको छ । स्कुलले शिक्षा, सीपका साथै संस्कारसमेत बिद्यार्थीहरुलाई सिकाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

132683413_3800793749951578_2552808557736738455_o 132764723_3800794179951535_5736890567906577785_o 132840087_3800794266618193_2240298584206859_o 132896124_3800793889951564_665224873409986342_o 132959304_3800793273284959_3476097529903874081_o 133037887_3800794013284885_3230222423041537283_o 132581772_3800794099951543_110629882382196686_o 132756697_3800793559951597_8605602942503600556_o